१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बोनम्यारो पीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम

बोनम्यारो पीडितको सहयोगार्थ आयोजित साँस्कृतिक कार्यक्रम उद्घाटन गर्दै नेकपाका नेता एवं प्रतिनिधिसभा सांसद बिशाल भट्टराई । तस्बिर : नागरिक

खोटाङ– बोनम्यारोको समस्याबाट पीडित विरामीको सहयोगार्थ भर्‍याङ नाट्य मञ्च नेपाल र जनकल्याण प्रारम्भ नेपालले साँस्कृतिक कार्यक्रम गरेको छ। ललितपुर महांकाल गाउँपालिका–२ मानिखेलका १८ वर्षीय बोनम्यारो पीडित सुसान बजगाईको सहयोगार्थ शनिबार चापागाउँकै जनभावना क्याम्पस प्याङगाउँमा साँस्कृतिक कार्यक्रम गरिएको हो।

बजगाईको बोनम्यारो (रक्तमासी) प्रत्यारोपणका लागि बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको भर्‍याङ नाट्य मञ्च नेपालयाङ नाट्य मञ्चका सचिव एवं बोनम्यारो पीडित सुसान बजगाई सहयोग समितिका संयोजक आरबी शर्माले बताए। साँस्कृतिक कार्यक्रमबाट संकलन भएको २ लाख ६० हजार रकम तत्कालै बजगाईलाई हस्तान्तरण गरिएको छ।

तीन वर्षअघि ब्लड क्यान्सरबाट विरामी भएका बजगाईलाई पुनः बोनम्यारोको समस्याले सताएको हो। ब्लड क्यान्सरको उपचार गरिएको केही समयपछि त्यसकै असरले बोनम्यारोमा क्यान्सर देखिएको बताइएको छ। बजगाईको बोनम्यारो फेर्नका लागि करिब ३० लाख रुपैयाँ लाग्ने भएकाले सहयोग संकलन अभियान सुरु गरिएको शर्माले बताए। ‘पहिला ब्लड क्यान्सर देखियो। त्यसको उपचार गरेपछि निको भयो तर क्यान्सरको असरले बोनम्यारो फेर्नुपर्ने अवस्था छ,’ शर्माले भने, ‘सुसानलाई एक–डेढ महिनाअघि सिभिल अस्पतालमा भर्ना गरिए पनि पैसा नभएकाले शल्यक्रीया रोकिएको छ।’ बजगाईको बोनम्यारोको उपचार सफल नभएसम्म सहयोग संकलन अभियान जारी राखिने भर्‍याङ नाट्या मञ्च नेपालयाङ नाट्या मञ्चका पूर्वसह–सचिव सुजन श्रेष्ठले जानकारी दिए।

पीडितको सहयोगार्थ आयोजित साँस्कृतिक कार्यक्रममा चर्चित गायक धिरज राई, गायक रेवत राई, ठाकुरप्रसाद दुलाल, सरोज लामा, कृष्ण दहाल, कुमार प्रवास, मिलन शाक्य र गायिका रोजी श्रेष्ठले सांगीतिक प्रस्तुती दिएका थिए। सोही कार्यक्रममा भर्‍याङ नाट्या मञ्च नेपालयाङ नाट्या मञ्चकातर्फबाट उपेन्द्र राईको लेखन र सञ्जिव राईको निर्देशनमा नाडक ‘वर्तमान र विकल्प’ प्रस्तुत गरिएको थियो।

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित साँस्कृतिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, वागमती प्रदेशसभा सांसद चेतनाथ सञ्जेल, कांग्रेस नेता तथा पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा, गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन, वरिष्ठ नाट्याकर्मी सुनिल पोखरेल, नेपाल नाट्य तथा कला प्रतिष्ठानका प्राज्ञ एवं नाट्य विभाग प्रमुख निशा पोखरेल, किरात राई यायोक्खाका महासचिव जनक राई लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: १८ फाल्गुन २०७६ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App