१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

काँठे लोकदोहोरी महोत्सव सुरु

काठमाडौं - काठमाडौं उपत्यका वरपरको मौलित गीतहरूको संरक्षण गर्न प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ। डीएआर मुभिज एन्ड फिल्मसको आयोजनामा शुक्रबारदेखि राजधानीको टुँडिखेलमा सुरु भएको महोत्सवमा ७४ वटा टोलीले सहभागिता जनाइरहेका छन्।

महोत्सव संयोजक नवराज ढुंगानाका अनुसार महोत्सवमा प्रत्यक्ष दोहोरी प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। ‘मौलिक काँठे गीतहरू अहिले मेलापातमा मात्र सीमित छन्। तिनीहरूको जगेर्ना गर्ने तथा डिजिटल बजारमा व्यावसायिक रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरेका हौं,’ उनले भने। नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धनको लागि काँठ क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, खाना, वाद्यवादन, भेषभूषा, रहनसहन र हस्तकलालगायतको संरक्षण हुनपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै गायक कुमार बस्नेतले काँठ क्षेत्रको कला र संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताए। ‘नेपाली मौलिक गीत संगीत, कला, संस्कृति र साहित्यको संरक्षणको निम्ति यस्ता महोत्सवहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यसलाई निरन्तरता दिनु अवश्यक रहेको छ। मेला पातमा मात्र सिमित भाका, गीत र संगीतको प्रवद्र्धन गनु हाम्रो पनि दायित्व हो,’ उनले भने।

काँठे दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख र तेस्रोेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरिने जानकारी आयोजकले दिएको छ। त्यस्तै सान्त्वना पुरस्कार ५० हजार, उत्कृष्ट गायक र गायिकालाई जनही १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। महोत्सव आगामी फागुन २० सम्म चल्नेछ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App