१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक झडपका कारण ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार तीन सय ५० भन्दा बढी घाइते भएका छन्।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन्। यस क्रममा सयभन्दा बढीको ज्यान गइसकेको छ।

मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो।

पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ। दिल्लीमा गत आइतबार सुरु भएको प्रर्दशनमा मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो।

संशोधित नागरिकता कानून र राष्ट्रिय अभिलेख रजिष्ट्ररका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ। तर, भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ। केन्द्रीय सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको विरोध भएको हो।

प्रकाशित: १८ फाल्गुन २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App