१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङ टोली जोर्डनतर्फ

काठमाडौं – टोकियो ओलम्पिक २०२०अन्तर्गत एयिसन/ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली शनिबार जोर्डनको अमान प्रस्थान गरेको छ।

मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सनिल शाही तथा महिला ५७ केजीमा मीनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन्। प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापामगर तथा विदेशी प्रशिक्षक अलिशेर राखिमोभ रहेका छन्।

यसअघि उक्त छनोट प्रतियोगिता फेब्रुअरी ३ देखि १४ तारिखसम्म चीनको वुहानमा हुने भनिएको थियो। कोरोना भाइरसका कारण प्रतियोगितालाई जोर्डनमा सारिएको नेपाल बक्सिङ संघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App