१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

न्यायको आयतन !

कुनै दिन एकजना वरिष्ठ अधिवक्ताले महसुस गर्नुभएको निराशाको निदान र निराकरण गर्न सक्ने हैसियत मसित छैन, तर तत्सम्बन्धमा केही अनुत्तरित प्रश्नको सामना भने दिनानुदिन भोगिरहेजस्तै लाग्छ । वहाँले सुनाउनुभएको तथ्य, प्रमाण र कानुनको मूल्यांकन गर्दा वहाँका पक्षले मुद्दा हार्न सक्छ भनेर सायदै कल्पना गर्न सकिन्छ । तर, परिणाम विपरीत भएको थियो । हामीले इजलासलाई राम्ररी बुझाउन सकेनौँ वा न्यायाधीशले सम्भवतः मुद्दा बुझेन होला भन्नेबाहेक मसित अर्को तर्क थिएन । आफ्नो चार पुस्तादेखिको मान्य सेवामा न्यायाधीशले घुस खाएर मुद्दा हराएको हुन सक्छ भनेर भन्नै सक्दिनँ, तर हरेक जसो नयाँ प्रधानन्यायाधीशले पद बहालीपूर्व अदालतमा रहेको भ्रष्टाचार न्यून गर्दै जाने भनेर भाषण गर्ने र अन्तर्वार्ता दिने गरेको देख्दा मनमा कताकता चिसो भने पसेको हुन्छ ।

कल्याण श्रेष्ठदेखि प्रधानन्यायाधीशको पद हाम्रा भाइ–बहिनी पुस्तामा सरेको छ । भाइ–बहिनी पुस्ता अपरिपक्व हुनु भनेको जेठा पुस्ता गलत प्रमाणित हुनु हो । ज्ञान हस्तान्तरण गर्न नसक्नुलाई अघिल्लो पुस्ताको दोष मानिन्छ ।

डा. भीमार्जुन आचार्य र म भएर एक रिटको पहिलो सुनुवाइमा उपस्थित भएका थियौँ । विलम्बको सिद्धान्तको सिरान हालेर कारण देखाउ आदेश जारी गर्न पनि न्यायाधीश तयार थिएनन् । मनले नमान्दा–नमान्दै पनि अन्ततः विलम्बको सिद्धान्त र आधारभूत मानव अधिकारको सम्बन्धमा बेग्लै शैलीमा बहस गर्न वाध्य भएका थियौँ । केही दिन अघिमात्र उक्त मुद्दाको सफल अवतरण भएको थियो । त्यसरी नै नेपालको चर्चित एक मुद्दामा निवेदकका तर्पmबाट तीन घन्टाजति बहस पूरा भएपछि हाम्रो पक्षको पालोमा अधिवक्ता सुषमा गौतम बहसका लागि उभिनुभएको मात्र थियो, ‘प्राकृतिक न्यायको सिद्धान्त तथा सुनुवाइसम्बन्धी हक’ सम्बन्धमा एकोहोरो तर्क राखेर हाम्रो पक्षको बहस सुन्न इजलास तयार देखिएन । अधिवक्ता मीरा ढुंगाना र म गौतमपछि बहसका निम्ति तयार थियौँ । बीचैमा अनुमति शैलीमा उठेर, ‘बिनाबहस इजलासको तर्क जायज मान्नुपर्ने रहेछ भने केही भन्नु छैन । अभियुक्तलाई सुनुवाइको मौका दिएर मात्र मुद्दामा प्रतिवादी बनाउनुपर्छ भन्ने इजलासको मान्यता छ भने, त्यो पनि ठीकै छ । नेपालबाट कम्तीमा एउटा अनौठो विधिशास्त्रको निर्माण त हुनेछ’ भन्न बाध्य भएका थियौँ । त्यसपछि इजलासबाट, ‘विषय गम्भीर रहेछ, अर्को सातासम्ममा बहस नोट पेश गर्नुहोला’ भन्ने आदेश भयो, तर हाम्रो पक्ष बहसमा सहभागी हुन पाएन । उक्त मुद्दामा सफलता प्राप्त भए पनि सिद्धान्ततः सुनुवाइ सम्बन्धमा भोग्नुपरेको पीडाले गर्दा वस्तुतः सन्तोष हुन सकेनौँ ।

यस्तो किन हुन्छ ? प्रत्येक मुद्दामा आफ्नो पक्षको जित हुनैपर्छ भन्ने हैसियत कुनै पनि कानुन व्यवसायीले बनाएका हुँदैनन् । पैmसलाबाट हुने परिणति स्वीकार्य हुनु कानुनको स्थापित मान्यता हो । तथापि, पैmसला र इन्साफबीचको भेद न्यायाधीश र कानुन व्यवसायी दुवैले बुझेकै हुनुपर्छ । बली र बोका भिन्न विषय हुन् भनेर बुझ्न सकिएमा यसको अन्तरवस्तु स्पष्ट हुन्छ । पैmसलामा न्याय परेको छ वा छैन भनेर प्रथम दृष्टिमा नै सुस्पष्ट हुन सकिएन भने त्यसले न्याय निरोपणको आधारस्तम्भ अवलम्बन गर्न सकेको हुँदैन । कहाँनिर र कति प्रतिशत न्याय परेको छ भनेर केलाउनुपर्ने अवस्था आएमा यसलाई काकतालीबाहेक अरु केही भन्न सकिन्न । मुद्दा सम्बद्ध तथ्य, प्रमाण, कानुन तथा नजिरलाई अक्षरमा मात्र पढेर पुग्दैन । विवेकशून्य मानसिकता यसको सबभन्दा ठूलो वाधक हो । न्याय भनेको दुईमा दुई जोड्दा चार हुन्छ भनेजस्तो नतिजा पनि होइन । मुद्दा सम्बद्ध विषयहरू पसलमा जोखिनुपर्ने ढक र तराजुका प्रतीक होइनन् । विवेक र विचारको निष्पक्ष तराजुमा राखेर मुद्दा सम्बद्ध विषयलाई जोख्न असफल भएमा न्यायिक विचलनको सम्भावना धेरै रहन्छ ।
यहाँनिर थप एउटा अनुभव बाँड्न चाहन्छु । सरकारी जागिरबाट राजीनामा दिएर कानुन व्यवसायमा पुनः प्रवेश गरिसकेपछि यो पेशा कताकता ‘शून्य अपेक्षा’ (जिरो एक्स्पेक्टेसन) मा अडेको आभास भएको छ । यस्तो हुनु भनेको कुनै पनि पेशामा लाग्ने एक प्रकारको बौद्धिक क्षयरोग हो, तर वरिष्ठ अधिवक्ता गणेशराज शर्मा यस तर्कप्रति प्रारम्भमा सहमत हुनुभएन । पेशा राम्ररी चल्नु, अपेक्षा गरेभन्दा धेरै सम्पत्ति कमाउनु र पेशालाई भ¥याङ बनाएर राजनीतिक आवरणमा सरकारी तथा अन्य लाभका पद प्राप्त गर्नु आपैmंमा वकालत पेशा बौद्धिक र सार्थक रहेछ भन्न मिल्दैन । वहाँको विचारमा प्रतिशतको मात्रा तल–माथि पर्न सक्छ, तर वकालत पेशा शून्य अपेक्षामा अडेको हुन्छ भन्न मिल्दैन । वहाँको एउटा तर्कचाहिँ सही किन पनि हुन सक्छ भने मुद्दाका तथ्य, प्रमाण, कानुन तथा नजिरको गम्भीर अध्ययन र विश्लेषण हुन नसक्दा निष्कर्ष अपेक्षित नहुन सक्छ । यस्ता विषयमा गरिने धरातलीय अध्ययनलाई आधार मानेर गरिने अपेक्षा गलत हुनसक्छ । यति हदसम्म त अन्यथा भन्ने पक्षमा छैन, तर जब तथ्यमा कथ्य रचनाको खोजी हुन्छ, प्रमाणको विवेचनामा गणितीय जोड–घटाउ गरिन्छ, कानुनको विश्लेषण गर्दा विधायिकी मनसायभन्दा एककदम अगाडि बढेर आफूलाई बौद्धिक करिश्माका सर्जक मानेर न्यायनिरोपण हुन्छ, अनि नजिर स्थापनामा स्थिरभंगताले मान्यता पाइरहन्छ, यस्तोमा ‘न्याय’ र ‘अपेक्षा’ को यथोचित समायोजन होला भन्न कठिन हुन्छ ।

तर, एक साँझको बसाइमा भने शर्मा दाइ प्रतिकूल मानसिकतामा प्रस्तुत भएको महसुस गरेको थिएँ । वहाँले मुद्दै त तोकेर भन्नुभएन, सायद त्यस दिन कुनै मुद्दामा अनपेक्षित नतिजा वहाँले भोग्नुपरेको हुन सक्छ । त्यसबखत वहाँले केही विदेशी पैmसला र सिद्धान्तको पनि चर्चा गर्नुभयो । त्यस दिनको संवादको निचोडचाहिँ के थियो भने, हाम्रो न्यायप्रणालीको आवरण, न्यायसम्पादनको प्रवृत्ति, पेशागत हुलिया, मुद्दाका पक्षहरूको कसैगरी मुद्दा जित्नैपर्ने लिगलिगे दौडको निष्पक्ष मूल्यांकन र सक्षम शल्यक्रिया गर्ने हो भने हाम्रो पेशा निःसन्देह ‘शून्य अपेक्षा’ मा अडेको छ । यसबाट पेशाको बौद्धिक धरातल अनपेक्षित रूपमा तल झरेको स्पष्ट हुन्छ । न्यायमा अति नै भरोसा गर्ने वहाँमा त्यसपछि कुनै मानसिक तनावको अवस्था सिर्जना भएको हुन सक्छ भन्ने मेरो निजी ठम्याइ हो ।

मुद्दामा वकिल कहिल्यै हार्दैन । वकिलप्रति दुर्भावना राखेर कुनै न्यायाधीशले पैmसला गर्छन् भने यसबाट सम्बन्धित वकिलमा केही बेचैनी हुन सक्ला, तर यस्तोमा न्याय हार्न गएको रहेछ भने यसबाट पक्षमात्र हारेको हुँदैन, समग्रमा न्यायप्रणाली हारेको हुन्छ । न्यायप्रणाली हार्नु भनेको पक्ष, वकिल, न्यायाधीश र न्यायिक विवेकशीलता सबै हारेको हुन्छ । पक्ष हार्नुभन्दा न्याय हार्नु धेरै नराम्रो हुन्छ । यसको परिणाम स्वरूप न्यायिक विश्वसनीयतामा क्रमशः लाग्ने धमिराको उपचार पछि गएर असम्भवप्रायः हुनेछ । कम्तीमा यति मूलमन्त्र सबैले सम्झन सकेछन् भने न्यायिक विचलनको मात्रा धेरै कम हुनेछ ।
एउटा पीडा हाम्रो न्यायिक जगत्ले धेरै दिनदेखि भोग्दै आएको छ । कालजयी पैmसला बन्न नसकेको धेरै भइसक्यो । मुद्दा, बहस तथा निर्णययात्रा सबै औपचारिकतामा सीमित रहेको आभास हुन्छ । मुद्दाका चाङले थिचिने पेशा र न्याय सम्पादन, अनि सीमित समयभित्र सम्पन्न गरिनुपर्ने बहस तथा त्यही बहस र अल्पअध्ययनमा मुद्दा बुझेको अर्थमा पैmसला गर्नुपर्ने कार्यप्रणालीबाट कालजयी पैmसलाको अपेक्षा सायदै गर्न सकिन्छ । यसरी औपचारिकतावादमा हुर्केको न्यायपरिसर अपेक्षित अध्ययनशील हुन सक्दैन । आजको प्रतिस्पर्धी समयमा अध्ययनशील हुन नसक्नु भनेको पेशा र सेवा परिष्कृत हुन नसक्नु हो ।
मेरो व्यक्तिगत मूल्यांकनको कुरा गर्ने हो भने, कल्याण श्रेष्ठदेखि प्रधानन्यायाधीशको पद हाम्रा भाइ–बहिनी पुस्तामा सरेको छ । यसो भन्दा हामीमा जेठो हुनुको अर्थमा बाठोपन देखिएको दोष लाग्न सक्छ, तर मेरो मान्यता त्यो होइन । भाइ–बहिनी पुस्ता अव्यवस्थित र अपरिपक्व हुनु भनेको हामी जेठा पुस्ता गलत प्रमाणित हुनु हो । पुस्तान्तरसम्म ज्ञान, विवेक र विचार हस्तान्तरण गर्न नसक्नुलाई अघिल्लो पुस्ताको दोष मानिन्छ । हुन त वरिष्ठ अधिवक्ता गुरुदेव कृष्णप्रसाद भण्डारीजस्ता व्यक्ति त पेशाको निरन्तर यात्रामा नथाकी लागिरहनुभएको छ, तर वहाँसित संवाद गर्दा हालको कालखण्डमा आएर कति असन्तोषका ग्रन्थी पाल्न वहाँ पनि बाध्य हुनुहुन्छ ! वहाँसितका कति संवाद प्रतिनिधि सन्दर्भमात्र हुनसक्छ, तर धेरै कानुन व्यवसायी र मुद्दाका पक्षहरूको साझा असन्तोषको मात्रा बढ्दै जानु भनेको दुःखको विषय हो । न्यायाधीश अपरिपक्व देखिँदा पक्षमा न्यायप्रति विश्वास नलाग्न सक्ला भनेर सेतो कपाल देखिने ‘विग’ लगाउने बेलायतको जस्तो चलन हामीकहाँ छैन, तसर्थ न्यायाधीशले आफूमा न्यायिक दम्भ छैन र आफू न्यायनिरोपणमा परिपक्व छौँ भनेर आचरण र कर्मबाट प्रमाणित गर्न सक्नुपर्छ ।

प्रकाशित: २० पुस २०७३ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App