१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

धुलोदेखि सिंहासनसम्मको खड्गयात्रा

नरेन्द्रराज प्रसाई

अमेरिकामा एकजना गरिब राष्ट्रपति भए। तिनै लिंकनको जीवनी पढेर धेरै प्रेरित थिए। एउटा सडे–गलेको देश काँधमा बोकेर माओत्से तुङले चीनलाई विश्वकै समृद्ध मुलुक बनाए। छिमेकका तिनै माओको विचार पढेर धेरै नेपाली कम्युनिस्ट पनि भएका थिए। २०२५ सालअघि नन्दकुमार प्रसाईंकै समेत रापले आठराई लालकिल्ला बनिसकेको थियो। आज नन्दकुमारले समेत खड्गप्रसाद शर्मा वलीलाई नेता मान्न थालेको देखियो।

जुन बेला नन्दकुमारको नाउँ प्रायः हरसाँझ पेकिङ रेडियोले फुक्थ्यो, त्यस बखत खड्गप्रसादको राजनीतिमा नामै थिएन, हैसियतै थिएन र कुनै योग्यता नै थिएन। उनको परिचय थियो भने उनी गरिब थिए, गरिब मात्र होइन उनी तन्नम नै थिए। धुलोबाट उठेर पनि एकजना गरिब नागरिक मुलुकको प्रधानमन्त्रीको सिंहासनमा पुग्दा धेरैलाई गौरबीबोध हुनुपर्छ। वास्तवमा त्यस स्तरबाट आएका मान्छेले नै जनता र देश बुझ्न सक्छ। वनको काँडा तिखार्नै पर्दैन, त्यो आफैँ तीखो हुन्छ, तर खड्गप्रसादको हकमा त्यो कुरा किन लागू भएन ? यो एउटा अनुसन्धानको विषय भएको छ।

धुलो खाएर, खलीखुट्टा हिँडेर र फाटेका चप्पल लगाएर हुर्केका मान्छे नेता भए भने ऊ देशका लागि समर्पितै हुन्छ भन्थे, तर खड्गप्रसादका विषयमा यो नियम किन लागू भएन ? अनेक रोग लागेर पनि बाँचेका मान्छेले ठाउँ पाए भने उसले बाँकी जीवन पूण्य, पवित्र र शाश्वत कर्ममा लगाउँछ भन्थे, तर खड्गप्रसादका लागि त्यो भाग्य किन जुरेन ? मान्छेले मौका, हितैषी र सुझाव सधैँ पाउँदैन। भाग्यमानीले चाहिँ साथ र सुझाव पायो भने उसले दिग्विजय नै गर्छ।

उदाहरण छ, एकजना गरिब अमेरिकाको राष्ट्रपतिमा उठे। उनको पर्चा एक गोराले गोजीमा हालेर घर पु-याए। उनले त्यो पर्चा आफ्ना छोराछोरीलाई देखाए। ख्याउटे, मरनच्याँसे र हरिकंगाल मान्छे राष्ट्रपति हुने सपनामा दौडेको फोटो ११ वर्षकी ग्रेसले पनि देखिन्। उनी छक्क परिन्। राति उठेर उनले फेरि त्यो फोटो हेरिन्। अनि उनले लिंकनलाई चिठी लेखिन् ः ‘प्रिय लिंकन ! म ११ वर्षकी हुँ। म तपाईंलाई खुबै मन पराउँछु। मेरा बुबा आमा र चारैजना दाजुहरूले तपाईंलाई भोट दिने भएका छन्।

खड्गप्रसाद प्रधानमन्त्री त भए, तर उनले एउटा राम्रो काम के चाहिँ गरे भनेर कसैले सोधे भने त्यसको उत्तर कतै भेटिँदैन। अझै पनि उखान–टुक्कालाई त्यागेर राष्ट्रनिर्माणको महाअभियान र जनताको सुखसमृद्धि हेतु आफूलाई परिचालन गर्न सकेनन् भने उनकै समर्थक डा. मोदनाथ प्रश्रितदेखि प्रा. राजेन्द्र सुवेदीसम्मले लेखिने इतिहासमा समेत उनी नेपाल काट्ने प्रधानमन्त्रीमै सीमित हुनेछन्।

तपाईंको अनुहार हेरेर म रोएँ। तपाईं कति दुब्लो ! कृपया तपाईं दाह्री पाल्नुहोस्। यहाँ सबैले दाह्री मन पराउँछन्। यदि दाह्री पाल्नुभयो भने सबैले तपाईंलाई भोट दिनेछन् र तपाईं हाम्रो राष्ट्रपति हुनुहुनेछ।’

त्यसपछि लिंकनले दाह्री पाले।
लिंकन राष्ट्रपति भएपछि उनी ग्रेसको गाउँ बेस्टफिल्ड पुगे। रेल स्टेसनदेखि गाउँसम्म भीड लाग्यो। नारा–जुलुसले बाटोघाटो टेकिनसक्नु थियो। त्यसै बेला लिंकन ठूलो स्वरमा बोले, ‘यहाँ मेरी एउटी सानी साथी छिन्। उनको नाउँ ग्रेस बेडेल हो। लिंकनको स्वर सुनेर ग्रेस अघि सरेर चिच्याइन्, ‘अंकल म नै हुँ ग्रेस।’ अनि लिंकनले उनलाई बोके, म्वाइ खाए र भनेँ, ‘ग्रेस ! मेरा छोरी छैनन्। यो दाह्री मैले तिम्रै लागि पालेको हुँ।’

मान्छेको कृतज्ञताको नमुना लिंकन थिए। त्यसैले उनी स–सानो कुराको पनि हेक्का राख्थे र सर्वप्रथम उनी ती सानी नानीलाई भेट्न रेल चढेर गएका थिए। वास्तवमा उनी खड्गप्रसादभन्दा तन्नम थिए। उनी पनि धुलोबाटै सिंहासन चढेका थिए। यति हो, लिंकनको मन गरिब थिएन, सोच गरिब थिएन र आकांक्षा पनि गरिब थिएनन्। उनी मन, वचन र कर्मले अघि बढिरहे। उनले कहिले आफ्ना ससुराली चिहाएनन्, अयोग्य कार्यकर्तालाई योग्य ठाउँमा बसाएनन् र उखान–टुक्का मात्रै कथेर समयको दुरुपयोग गरेनन्। उनी २४ घन्टामा १८ घन्टा काममै जोतिन्थे।

राष्ट्रपति भएपछि लिंकनले अग्रजलाई शिरमा बोकीबोकी हिँडे। धेरै नन्दकुमार प्रसाईं प्रवृत्तिहरू लिंकनका सल्लाहकार बने। लिंकनले आफ्ना हितैषी, विद्वान् र योग्यलाई लुकाउने, धपाउने र हतोत्साही गरेनन्। उनले घन्टौँ मान्छे भेटेर जोक, गफ र ब्लफ हानेर झुल्याएनन्। उनी वफादारीपूर्वक जनमतको कदर गर्न समर्पित थिए। त्यसैले उनी अमेरिकाका लागि मात्र होइन, सारा संसारकै लागि प्रेरक बने।

खड्गप्रसाद पनि अमर हुन्थे। उनको पद खुस्किहाल्दा पनि जनताले उनलाई आदर्श मान्ने थिए र श्रद्धाका साथ घरघरमा उनको फोटो टाँसिने थियो। उनी हाम्रो देशका राजनेता बन्न सक्थे, उनी हाम्रा गौरवी शिर र हाम्रा आदर्श उदाहरण बन्न सक्थे। तर उनी यस्तो भाग्य पाउनबाट चुके। भीरमा पलाएको सिउँडी पानी नपाए पनि हुर्कन्छ। कालान्तरमा खड्गप्रसादले जति सुखसयल भोगे पनि आफूलाई मौलिक (अग्र्यानिक) बनाएर जोगाउन चाहिँ सकेनन् र उनी तल, तल र अझै तलै परे।

अनेक दुःख, कष्ट र भुक्तभोगी भएर सरकार प्रमुख भइसकेका खड्गप्रसादले आफूलाई घरिघरि प्रधानमन्त्री बनाउने र जोगाउने खेलमा मात्र लगाउनु हुँदैनथ्यो। नेपालको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको पद ठूलो होइन भन्ने गणेशमान सिंहले प्रमाणित गरिसकेकै थिए। त्यसैले खड्गप्रसादले त्यस कुर्सीउपर गरिब मानसिकताको सिँगौरी खेलिरहन हुँदैनथ्यो। मौकाले साथ दिइरहेका बेला उनले जननेता र राजनेता भएर आफूलाई उभ्याउन सक्नुपर्ने थियो। तर उनले एउटा समूह, वाद र घेरालाई नाघ्न सकेनन्।

खड्गप्रसाद पदमा बसिन्जेल उनी आशावादीका हाइहाई भएका छन्। उनका ‘ब्लफ’को विश्वासमा अल्झेकाहरू उनको विरोधमा जान सकेका छैनन्। अहिले एउटा तराजुमा उनलाई जोख्ने हो भने उनले मानेका गोकुल बाँसकोटाभन्दा उनी भारी भएका छन्। तर उनको पद समाप्त भएपछि उनको हालत पनि गोकुलको भन्दा माथि हुने छैन। अझ भन्ने हो भने त्यस बेला उनलाई देश काट्ने भनेर चिन्ने छन्। सामान्य ज्ञानमा समेत त्यही शब्दले नै उनको नाउँ स्थापित हुनेछ। वास्तवमा अब उनको इतिहास लेखिँदा राम्रो लेखिनेछैन। त्यसबेला उनका दल, उनका खुर र उनका झोलेले लेखिहाले भने पनि त्यसरी लेखिएको इतिहास चल्ने छैन। त्यस्तो एकलकाँटे इतिहासको स्थान उनको घर, ससुराली र दलबाहिर चाहिँ हुनेछैन।

खड्गप्रसादले आफ्नो जन्मदिन भव्य रूपले मनाए रे ! त्यस्तो अवसर नेपालका कुनै प्रधानमन्त्रीले पाएका थिएनन्। त्यही मौका छोपेर उनले नेपालको नक्सा भएको केक काटे। त्यस दृश्यले उनका विरोधमा राष्ट्र नै प्रायः उचालियो। उनको जन्मदिनमा उनलाई शुभकामना र बधाई दिनेभन्दा उनलाई धिकार्ने धेरै देखिए। अनि त्यस्तो जन्मदिन पनि नेपालको इतिहासमा उनकै पहिलोपल्ट मनाइयो ।

केकमा उनीद्वारा नेपालकै नक्सा काटिएकै सन्दर्भले मात्र उनको त्यति उग्र विरोध भएको थिएन। उनको बदलिँदो राजनीतिक छवि, छिमेकी राष्ट्रप्रति उनको नजानिँदो किसिमले प्रस्तुत भएको नतमस्तकता, उनी समेतबाट प्रदत्त संघीयता र यसले देश टुक्रिने सम्भावना, उनीद्वारा भ्रष्टहरूको वकालत हुने, उनको अनावश्यक नारीवादी दृष्टिकोण, उनको उखान मोह आदि–इत्यादिको प्रसंगले केकमा देश काटिएको व्यहोराले हल्ला मच्चाउने काम गरेको हुन सक्छ। त्यतिमात्र होइन, राष्ट्र गरिबीको रेखामुनि जाक्किरहेको अवस्थामा एउटा गरिब मान्छे प्रधानमन्त्री हुनेबित्तिकै तडकभडक गरेको प्रसंगसमेत पनि जोडिन जाँदा खड्गप्रसादको विरोधको भुसमा धुँवा देखिन थालेको हो र त्यो क्रोनिक धुँवाले भुंग्रोको रूप लिन खोजेको हो। अब यो धुँवा उनी पदमा भएकै बेला उनैले निभाउनु जरुरी छ। नत्रभने खड्गप्रसादको अर्थ नेपाल काट्नेमै अनुवाद हुनेछ र उनलाई त्यसरी नै चिनिनेछ।

खड्गप्रसादले उनका गुरुजनमध्ये मोहनचन्द्र अधिकारी, मोहनविक्रम सिंह, नन्दकुमार प्रसाई, मोदनाथ प्रश्रित, कमल कोइराला आदि कुनै पनि योग्य, त्यागी र माथिल्लो स्तरका राजनीतिज्ञलाई पनि राष्ट्रपतिका लागि पहल गर्न सकेनन् रे ! उनले दलबाहिर गएर शताब्दी पुरुष सत्यमोहन जोशी या राष्ट्रकवि माधव घिमिरेलाई नै राष्ट्रपति बनाउन पहल गरेका भए, उनको उचाइ कति माथि पुग्थ्यो ? जानिफकारहरूले भन्न छाडेका छैनन्, ‘यदि खड्गप्रसादले राष्ट्रप्रति वफादारिता गरेका भए घरघरमा राष्ट्रपतिको फोटो टाँसिन्थ्यो र कम्युनिस्ट विरोधीले पनि मुन्टो झुकाउने अवस्थाको आगमन हुन सक्ने थियो।

स्कुले जीवनदेखि जेलजीवनसम्म खड्गप्रसादले गफैमा मात्र आफूलाई परिचित गराए। नन्दकुमार प्रसाईका अनुसार, सानैदेखि उनी छुचा, मुखाले र प्रतिशोधी भावनाले भरिएका थिए। राजबन्दी भएर जेलमा बस्ता पनि उनी प्रायः रक्सी खाएरै बिरामी पर्थे। उनीसँगै जेल बसेका उनका गुरु मोदनाथ प्रश्रितले उनलाई भन्ने गर्थे रे, ‘यस्तै रबैया हो भने तिमी सिद्धिन्छौ, रक्सी नखाऊ।’ अनि खड्गप्रसादको उत्तर हुन्थ्यो रे, ‘म रक्सी चाहिँ छाड्दिनँ।’ आफ्नै कम्युनिस्टहरू माझ पनि त्यतिखेर जेलखानामा खड्गप्रसादको स्तर त्यति गतिलो थिएन रे। कतिसम्म भने उनलाई नेता या दलका उच्चस्तरीय मान्छे भनेर नन्दकुमार प्रसाई, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली आदिले पनि त्यति सारो ठम्याएकै थिएनन् रे !

खड्गप्रसाद प्रधानमन्त्री त भए, तर उनले एउटा राम्रो काम के चाहिँ गरे भनेर कसैले सोधे भने त्यसको उत्तर कतै भेटिँदैन। अझै पनि उखान–टुक्कालाई त्यागेर राष्ट्रनिर्माणको महाअभियान र जनताको सुखसमृद्धि हेतु आफूलाई परिचालन गर्न सकेनन् भने उनकै समर्थक डा. मोदनाथ प्रश्रितदेखि प्रा. राजेन्द्र सुवेदीसम्मले लेखिने इतिहासमा समेत उनी नेपाल काट्ने प्रधानमन्त्रीमै सीमित हुनेछन्।

कुनै बेला खड्गप्रसाददेखि झलनाथसम्म नजिक भएका साहित्यकार र वामपन्थी विचारक प्रा. राजेन्द्र सुवेदीले भनेका छन्, ‘खड्गप्रसाद वलीले राजीनामा दिए भने अझै पनि उनको कल्याणै हुने ठाउँ छ। उनी पदमै टाँस्सिरहे भने उनका जीवनमा अरू कलंकको थुप्रो लाग्दै जानेछ। अनि उनका ती काला दाग हामीद्वारा लेखिने इतिहासका साक्षी बन्नेछन्।’

खड्गप्रसादले वाल्मीकि ऋषिको कथा पढेकै हुनुपर्छ। रूपान्तरण भएर वाल्मीकि भएको साक्ष्य थपेर भन्नुपर्दा खड्गप्रसादले अझै आफूलाई सम्हाल्न सक्ने ठाउँ प्रशस्त देखिन्छ। उनले पदमा बसेकै बेला मुलुकका लागि त्याग गर्न चाहे भने इतिहासले अझै माफ गर्ने सानो ठाउँ सुरक्षितै छ। कुरा के भने, उनले राष्ट्र, राष्ट्रियता र जनताका लागि पटुका कस्नुप¥यो। उनले उखानभन्दा काममाथि विश्वास राख्नुप-यो।

अनि हाम्रालाई छाडेर राम्राउपर उनको दृष्टिकोण सर्नुप-यो। उनीमाथि सिउरिएको नेपाली जनताको अपार विश्वासको भारीलाई विश्वासघातमा रूपान्तरण गरेर उनले अपराध गर्नुभएन। आसेपासे, मगन्ते, चाकरीदार, अवसरवादी र राष्ट्रघाती समूहको घेराबन्दीको प्रधानमन्त्री नबनेर उनले सिंगो नेपाल राष्ट्रको प्रधानमन्त्री बन्न सक्नुप-यो। यसो हुन नसकेर उनले अझै मेरो गोरुको बाहै्र टक्का मात्र भनी हिँडे भने कालान्तरमा उनको परिचित नाउँ नेपाल काट्नेमै सीमित हुन पनि सक्नेछ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:५० शनिबार

सिंहासन खड्गप्रसाद प्रधानमन्त्री