१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरमा दम्पतीको बिभत्स हत्या

धनगढी- कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ कलुवापुरमा एक दम्पतीको बिभत्स हत्या गरिएको छ। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती करिब २० वर्षीया धनादेवी भण्डारीको बिभत्स हत्या भएको अवस्थामा बिहीबार फेला परेको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज कार्कीले बताएका छन्।

काठको ठहराभित्र अलग अलग कोठामा दुई जना मृत अवस्थामा फेला परेका हुन्। धारिलो हतियार प्रहार गरेर बिभत्स रुपमा उनीहरुको हत्या गरिएको उनले बताए। बुधबार उनीहरुको धारिलो हतियारले घाटीमा प्रहार गरिएको छ। हतियार बरामद नभएकाले कुन हतियार प्रयोग भएको भन्ने खुल्न नसकेको उनले बताए।

बुधबारदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो मात्र एक जना स्थानीय त्यस घरमा दूध पुरयाउन आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहिलो श्रीमतीको मृत्यु भएपछि २ वर्षअघि उनले आफूभन्दा करिव ३० वर्ष कम उमेरकी धनासँग बिहे गरेका थिए। कान्छी श्रीमतीबाट ७ महिनाको छोरी छन्।

आमासँगै रहेकी छोरी भने सकुशल रहेकी छन्। जेठो श्रीमतीबाट दुईवटा छोरा छन्। दुई जना छोरा घरमा नरहेको प्रहरीले बताएको छ। एक जना छोरा डडेल्धुरा र अर्का छोरा काठमाडौबाट बिहीबार घटना सुनेपछि आउन लागेको प्रहरी निरीक्षक कार्कींले बताएका छन्।

 

प्रकाशित: १५ फाल्गुन २०७६ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App