१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धचरणमा भुस्याहा कुकुरको बिगबिगी

ओखलढुंगा – सिद्धिचरण नगरपालिकामा भुस्याहा कुकुरको बिगबिगी बढ्न थालेको छ। जताततै भेटिने त्यस्ता कुकुरले किसानले पालेका पशुचौपायालाई क्षति पु-याउन थालेका छन्। मंगलबार सिद्धिचरण–१२ शीतलपुरमा कुकुरको टोकाइबाट चारवटा खसीबाख्रा मरेका छन्। शीतलपुरकी चन्द्रकला श्रेष्ठको गोठमै गएर कुकुरले ब्याउन लागेका तीनवटा बाख्रा र एउटा खसीलाई टोकेर मारेको जनाइएको छ।

केही दिनअघि मात्रै शीतलपुरकै शंकर राजभण्डारीको गोठमा बाँधिराखेका दुईवटा खसी कुकुरले मारेको थियो। सिद्धिचरण–११ गैरीगाउँका कृष्णबहादुर खत्रीको पनि खसी भुस्याहा कुकुले मारेको जनाइएको छ। आफूले पालेका पशुचौपाया जथाभाबी मार्न थालेपछि सिद्धिचरण नगरपालिकावासीले भुस्याहा कुकुर नियन्त्रण गर्न माग गरेका छन्।

बुधबार दर्जनौं पीडित किसानले नगरपालिकामा पुगेर मेयर मोहनकुमार श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै कुकुर नियन्त्रणका लागि माग गरे। मेयर श्रेष्ठले कुकुरको नियन्त्रणका लागि तत्काल आवश्यक पहल थालिने किसानलाई आश्वासन दिए। सार्वजनिक सूचना प्रवाह गरी नियन्त्रणका लागि कार्यक्रम अगाडि बढाइने श्रेष्ठको भनाइ छ। यसअघि पनि भुस्याहा कुकुर नियन्त्रणका लागि नगरपालिकाले निर्णय गरेको थियो। गत वर्ष पनि कुकुरको आक्रमणबाट दर्जनौं किसानका पशुचौपाया मरेका थिए।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App