१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा हिनामिना गर्ने थप एक पक्राउ, अर्का एकलाई पक्राउ पूर्जी जारी

बारा- सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर सार्वजनिक जग्गा हिनामिना गर्ने प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। पक्राउ पर्नेमा भक्तपुर निवासी सुरेश तिमिल्सिना रहेका छन् भने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पूर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताएका छन्।

जीतपुरसिमरा वडा नं २३ को कित्ता नं ३६२ को एक बिगाहा १० कठ्ठा सार्वजनिक जग्गालाई प्रद्युम्नराज पाण्डेको नाममा जग्गा धनी पुर्जा बनाउने कार्यमा सर्वोच्च अदालतको मुख्य वारेस तिमिल्सिना रहेको खुलेपछि अनुसन्धानको क्रममा पक्राउ गरिएको पुरीले बताए।

पक्राउ परेका र पक्राउ पूर्जी जारी गरिएका अभियुक्तहरुले २०७४ मंसिर २८ गतेको सर्वोच्च अदालतको आदेशलाई तोडमोड गरि प्रधुम्नराज पाण्डेको नाममा सो सार्वजनिक जग्गाको मोठ श्रेस्ता कायम गर्न सर्वोच्च अदालतको लेटर प्याट बनाई किर्ते गरेका अनुसन्धानबाट खुलेको पुरीले दावी गरेका छन्।

सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर रामपुरटोकनीको सार्वजनिक जग्गाालाई प्रद्युमनराज पाण्डको नाममा जग्गा धनी पुर्जा बनाउने कार्यमा संलग्न रहेका आरोपमा यसअघि चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप दुई जनाको संलग्नता देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन्।
साविक रामपुर टोकनी २ हाल जीतपुर सिमरा उपमहानगरपालिका २३ मा रहेको साविक कि.नं.६१ (क) को हाल कित्त नम्बर ३६२ को एक बिगहा १० कट्ठा क्षेत्रफलको सार्वजनिक जग्गालाई सुरुमा वोहाव अन्सारी, प्रहलादप्रसाद रेग्मी, चन्द्रबहादुर सिंह र हस्तबहादुर नेपालीले सर्वोच्च अदालको सरकारी छाप दस्तखत किर्ते गरि पक्राउ पूर्जी जारी गरिएको पाण्डेको नाममा जग्गाधनी पुर्जा बनाउन कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।

सर्वोच्च अदालतले अधिकृत वारेशनामा रहेका वोहावको नामबाट मालपोत कार्यालय सिमरा बारालाई २०७६ मंसिर ३ सार्वजनिका जग्गाको मठ, श्रेस्ता कायम गर्न पठाएको लेटरपैडमा चिट्ठी शंकास्पद लाग्दा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

सर्वोच्चबाट मालपोत कार्यालय सिमरामा आएको पत्र शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान गर्दा सर्वोच्चकै सरकारी छाप दस्तखत किर्ते गरेर सार्वजनक जग्गा नाममा गराउने र यसमा सहयोगी रहेका सबै जनालाई कानुनी दायरामा ल्याउन प्रहरी नजिक पुगेको दावी प्रहरी उपरीक्षक पंगेनीले गरे।

 

प्रकाशित: १४ फाल्गुन २०७६ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App