१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दीप एसिया–११ टोलीमा

ढाका (एजेन्सी) – आगामी महिना हुने विश्व–११ सँग दुई खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपालका सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन्।

बंगलादेशका पितासमेत मानिने शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले एसिया–११ र विश्व–११ बीच दुई खेलको ट्वान्टी–२० शृंखला गर्दै छ। उक्त शृंखलाका लागि बिसिबीले मंगलबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा सन्दीप पनि परेका छन्। एसिया–११ बाट भारतका ६ खेलाडीसहित श्रीलंका, आयोजक  बंगलादेश र अफगानिस्ताका खेलाडीले खेल्नेछन्।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र लोकेश राहुलले भने एक खेल मात्र खेल्ने सम्भावना रहेको क्रिक इन्फोले जनाएको छ। निकै व्यस्त कार्यतालिकाका कारण कोहलीले खेल्ने बार भने पक्का हुन बाँकी रहेको बिसिबीले जनाएको छ।

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतको टेस्ट शृंखला आगामी मार्च ४ मा सकिनेछ। त्यस लगत्तै भारतले घरेलु भूमिमा दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ। उक्त शृंखला आगामी मार्च १२ देखि १८ सम्म सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको ढाकामा ट्वान्टी–२० शृंखला भने आगामी २१ र २२ मा हुँदै छ। एक हप्तापछि मार्च २९ देखि नै इन्डियन प्रिमियर लिग आइपिएल सुरु हुने हुँदा कोहलीले खेल्ने सम्भावना न्यून रहेको क्रिक इन्फोले उल्लेख गरेको छ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र लोकेश राहुलले भने एक खेल मात्र खेल्ने सम्भावना रहेको क्रिक इन्फोले जनाएको छ।

बिसिबीका अध्यक्ष हसनका अनुसार आगामी मार्च २२ देखि पिसिएल सुरु हुने भएकाले पाकिस्तानका कुनै पनि खेलाडी मैत्रीपूर्ण शृंखलामा हुने छैनन्।  भारतका शिखर धवन, रिसब पन्त, कुलदीप यादव र मोहम्मद सामीले भने दुई खेल नै खेल्नेछन्। बिसिबीका अध्यक्ष नजमुल हसनका अनुसार विश्व–११ बाट फाफ डु प्लेसिस, क्रिस गेल र जोनी बेयरस्टोलगायतले खेल्नेछन्।

एसिया–११ बाट नेपालका सन्दीपसहित बंगलादेशका तमिम इकबाल, लिटन दास, मुस्फिकर रहमान, मुस्ताफिजुर रहमान, मुजिब उर रहमान, महमुदुल्लाह, श्रीलंकाका थिसरा परेरा, लासिथ मालिंगा, अफगानिस्तानका रसिद खान र भारतीय खेलाडीले खेल्नेछन्।   विश्व–११ बाट फाफ डु प्लेसिस, क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, ब्रेन्डन टेलर, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, शेल्डन कट्रेल, लुंगी ङिदी, एड्य्रु टाइ र मिचेल मेक्लेनङ्घन रहेका छन्।

‘भारतका ६ खेलाडी खेल्ने भए पनि चार जना मात्र पक्का भएको छ,’ बिसिबीका अध्यक्ष हसनले भने,‘उनीहरूसँग करार सम्झौता भएको भने होइन। तर, ऋषभ पन्त, कुलदीप यादव, शिखर धवन, मोहम्मद सामीले खेल्नेछन्। कोहली र राहुलले भने एक खेल मात्र खेल्ने सम्भावना भए पनि पक्का भएको छैन।’ बिसिबीका अनुसार दक्षिण अफ्रिकाबाट चार खेलाडीले खेल्नेछन्। अस्ट्रेलिया र न्युजिल्यान्डका खेलाडी पनि खेलाउने प्रयास भएको बिसिबीले उल्लेख गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App