१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्चमा विस्फोट गराउने आठ जनालाई मृत्युदण्ड

कायरो (एएफपी) – इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले जनाएको छ।

गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मेमा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगे पनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो।

स्रोतका अनुसार सबै आठ जनालाई स्थानीय समय अनुसार सोमबार बिहानै मारिएका थिए। उनीहरू गत वर्षको अक्टोवरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए।

इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिण–पश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो। सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्बीहरूसहित ८८ जनाको हत्या गरेका थिए। सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन।

इजिप्टमा तत्कालीन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना बढेका छन्।

मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले मृत्युदण्डको विरोध गरेको छ। उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ।

एम्नेस्टीले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुन नसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण (एकपक्षीय) सुनुवाई गरी दोषी ठहर गरेको बताएको छ। ‘अभियोग लागे पनि हरेक नागरिकमाथि न्यायिक सुनुवाईको सुनिश्चितता हुनुपर्छ,’ एमनेस्टीले भनेको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App