१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि एक महिने अभियान सुरु गरेको छ। निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि अभियान सुरु गरेको हो।

१६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटो सहितको मतदाता नामावली संकलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको विवरण अद्यावधिक गर्नकालागि फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। जिल्लामा करिब ७५ हजार मतदाताको फोटोसहितको नामावली दर्ता गर्न बाँकी रहेको अनुमान गरिएको छ।

मतदाता नामावली संकलन सँगै अद्यावधिक गर्नकालागि १२/१२ गाबिसको ६ वटा क्लष्टर बनाइएको निर्वाचन अधिकारी खत्रीले जनाए। निर्वाचनको टोली प्रत्येक गाबिसमा दुई दिन बसेर फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकको काम गरिरहेका छन्। मतदाता संकलन तथा अद्यावधिकका अभियान आगामी माघ १४ गतेसम्म जारी रहने कार्यालयले जनाएको छ। फोटो सहितको मतदाता नामावली संकलन अभियानमा कोही नछुट्ने गरी अभियान सञ्चालन गरिएको  निर्वाचन अधिकारी खत्रीले बताए।  

नयाँ मतदाता नामावली संकलन तथा यसअघि भएका गलत बिवरण सच्याउनकालागि फोटो सहितको मतदाता नामावली संकलन अभियानमा सहयोग गर्न निर्वाचन कार्यालयले राजनैतिक दल, बुद्धिजिबी, पत्रकार लगायतलाई आग्रह गरेको छ।

प्रकाशित: १९ पुस २०७३ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App