चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द

मङ्गलबार, १९ पुष २०७३, १३ : १५ नागरिक

डडेल्धुरा-पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् ।

अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानअध्यापक चन्द्रराज जोशीले बताए । अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने-पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानअध्यापक जोशीको भनाइ छ ।

चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो । विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको उनले बताए ।

चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर ऐरले बताए । जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेपछि बिदा गर्नु परेको उनको भनाइ छ ।

अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिएपनि माथिल्लो कक्षाका लागि उनीहरुको पढाइस्तर हेरी दिउँसोको समयमा पढ्ने वातावरण मिलाइएको बाल कल्याण माविका शिक्षक अङ्गतसिंह धामीले बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad