१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपालाई सरिता गिरीको सुझाव : राजनीतिक दस्तावेजमै कमिसनलाई समेट्नुस्

काठमाडौं-  सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडि बढ्न नसकेको आरोप लगाएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन्। 'नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन्। सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाइन्। नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन्। उनले भनिन्,'विधिका शासन कहाँ गया ? सभामुख महोदय।’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रविति हावी भएको उनले बताइन्। बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन्। हुवाईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App