१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल

काठमाडौं- नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डर नियुक्त भएका छन्। उनलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले फोर्स कमाण्डरमा नियकुक्त गरेका हुन्। यस अघि नेपालकै शिवराम खरेल फोर्स कमाण्डर रहेका थिए।

हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन्। उक्त क्षेत्रमा झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन्।

हमाल सन् १९८३ मा नेपाली सेनामा प्रवेश गरेका थिए। अहिले उनी नेपाली सेनाको स्टाफ कलेजमा कार्यरत थिए।

हमालले त्रिभुवन विश्व विद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् भने अमेरिकाको वार कलेजबाट रणनीतिक अध्ययनमा समेत स्नातकोत्तर सकेका छन्। हमालले संयुक्त राष्ट्र संघको मिसनमा चार पटक प्रतिनिधित्व गरिसकेका छन्।

 

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App