१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले माग्यो राजपा र समाजवादीको समर्थन

काठमाडौं – नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले मंगलबार संसद् अवरोध नगर्ने भएका छन्। गोकुल बाँस्कोटा प्रकरणमा फागुन ८ गते संसद् अवरोध गरेको कांग्रेसले यस प्रकरणमा दुई विपक्षी दल राजपा र समाजवादी पार्टीको समर्थन खोजेको छ। यसबारेमा कांग्रेसले सोमबार समाजवादी र राजपासँग संयुक्त बैठक गरेको थियो। बैठकमा सभामुखले संसद्मा तीन वटै दलका नेताहरूलाई बोल्न दिएमा र प्रधानमन्त्रीले जवाफ दिएमा संसद् अवरोध नगर्ने सहमति भएको छ। सभामुखले तीन दलका नेतालाई बोल्न नदिएमा भने कांग्रेसले संसद् अवरोध गर्ने भएको छ। ‘भोलि(मंगलबार) संसद्मा तीन दलका नेताहरूले बोल्ने सहमति भएको छ’बैठकमा सहभागी कांग्रेसकी सचेचक पुष्पा भुषालले भनिन्,‘राष्ट्रका गम्भिर मुद्दाामा साझा एजेण्डा बनाई सरकारको ध्यानकर्षण गर्न हामीले प्रस्ताव गरेका छौं।’

मंगलबार बस्ने संसद्मा तीनवटै दलका नेताले बोल्न पाउनुपर्ने उनले माग राखिन्। फागुन ८ मा संसद् अबरोध गर्दा कांग्रेसले गोकुल बास्कोटाले राजिनामा गर्नु पर्ने,उनीमाथि कारबाही हुनु पर्ने र यस विषयमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु पर्ने माग कांग्रेसले राखेका थियो। तीन मागमध्ये बास्कोटाले राजिनामा गरीसकेको र उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लेखा समितिले छानविनको प्रक्रिया अघि बढाइसकेकोले थप एउटा मागकोलागि संसद अवरोध गर्नु पर्ने आवश्यक नभएको सहमति बैठकमा भएको समाजावदी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरैयाले बताए। उनले भने,संसद्मा प्रधानमन्त्रीको सम्बोधनकोलागि थप दवाव दिए दिने सहमति पनि भएको छ।’

बैठकमा राजपाबाट लक्ष्मणलाल कर्णको उपस्थिति रहेको थियो। कांग्रेसले संसद् अवरोध गर्दा समाजवादी र राजपाले बोल्न नपाएको बताउँदै मंगलबार बस्ने बैठकमा संसद् अवरोध नगरी तीनवटै दलका नेताहरूले बोल्नुपर्ने सुझाव राखेका थिए। उनको सुझाव स्वीकार गर्दै मंगलबार संसद् अवरोध नगरी तीनवटै दलका नेताले बोल्ने सहमति बैठकमा गरिएको थियो।

मंगलबार दिउँसो एक वजे संसदका् बैठक बोलाइएको छ। बैठकमा सहभागी नेताका अनुसार मंगलबारको बैठक पछि थप रणनीति तय गर्ने सहमति भएको छ। केपी शर्मा ओली संसदमा प्रधानमन्त्रीमा निर्वाचित हुँदा ओलीको पक्षमा मतदान दिएका राजपा र समाजवादी दुवै पार्टीले अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी मोर्चामा बसेका छन्।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनमा निवर्तमान सञ्चारमन्त्री गाकुल बाँस्कोटाले बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यस विषयलाई प्राथमिकताको साथ उठाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App