१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्दननाथका हराएका मूर्ति जंगलमा भेटिए

हराएका मूर्ति फेला परेपछि मन्दिर परिसरमा भेला भएका स्थानीय।

जुम्ला–कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा गत मंसिर ११ गते राति चोरी भएका मूर्ति मंगलबार विहान प्रहरीले जंगलमा अलपत्र अवस्थामा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वको टोलीले गज्र्यांकोट गाविसको जंगलमा यत्रतत्र छरिएको अवस्थामा मूर्ति भेटाएको मध्यपश्मिम क्षेत्रीय प्रहरी प्रुमख डिआइजी माधव नेपालले जानकारी दिए।

उनका अनुसार दत्तात्रय भगवानकाे बाहेक सबै  मूर्ति फेला परेका हुन्। मूर्ति फेला परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टाीिल त्यसतर्फ खटाइएको छ । जंगलमा भेटिएका मूर्तिलाई धार्मिक परम्परा अनुसार खलंगा ल्याउने तयारी भइरहेको छ। एक महिना अघिदेखि मूर्ति चोरी घटनाको सिआइवीले अनुसन्धान थालेको थियो।

विहान महिलाहरू जंगल गएका बेला मूर्ति छरिएकाे अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए। मूर्ति फेला परेपनि मूर्ति चाेरीमा संलग्न काेही पनि पक्राउ परेका छैनन्। प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार नेपालगंजबाट तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान गरिने भएकाे छ।

मूर्ति फेला परेपछि स्थानीय खुसी भएका छन्। मूर्तिको पखाईमा चन्दननाथ मन्दिर अगाडि भक्तजनको घुइँचो लागेको छ। स्थानीय परम्परा अनुसार बाजागाजासहित मूर्ति सदरमुकामतर्फ  ल्याउन लागिएको प्रहरीले जनाएको छ । मूर्ति भेटिएपछि स्थानीयले प्रहरीलाई धन्यावाद दिइएका छन ।

यसअघि मूर्ति चोरी घटनामा सलग्न भएको आरोपमा गज्र्यांकोट र देपालगाउँका अधिकांशलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । प्रहरीले मूर्ति खोजीमा २ थान एसएलआर सहित ६ थान पेस्तोल समेत बरामद गरेको थियो। दत्तात्रयको मूर्ति बाहेक सवै मूर्ति फेला परेको चन्दननाथ गुठी समितीका पूर्व अध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७३ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App