१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बीमा भुक्तानी समयमै नगर्ने कम्पनीलाई कारबाही गर्छु : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन्।

राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अबदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताए।

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठूलाठूला ग्राहक खोज्ने ठूला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गरे। त्यसका लागि आफूले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको समेत बताए। सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पुर्‍याउन १ लाखसम्मको बीमाको प्रिमियम निःशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे। अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भएपनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने बताए।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए। त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गगरिसकेको र आगामि आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने बताए। उनले बीमा कम्पनीहरुको जोखिम पहिचान गरीसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पूँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने बताए।

अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिए। उनले सरकारको स्वामित्व भएको बीमा कम्पनी भएकाले पनि संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धि गर्न सुझाव समेत दिए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App