१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीमा सुरक्षामा निर्भीक हुन निर्देशन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भीक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले सीमा सुरक्षालगायत अपराध नियन्त्रणका काम गर्न निर्देशन दिएका हुन्। तीनवटै सुरक्षा निकायका प्रमुखका साथ रसुवा सदरमुकाम धुन्चे पुगेका निधिले सीमा सुरक्षा राष्ट्रभक्तिको प्रतीक भएको बताए।

निधिले संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गर्न नदिएर एमाले संसदीय प्रक्रियाको खिलापमा उत्रिएको आरोप लगाए। मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनकै लागि सरकारले संशोधन प्रस्ताव दर्ता गराएको उनले दाबी गरे।

एमालेसँगसमेत सहमति जुटाएर प्रक्रिया अघि बढाउन छलफल भइरहेको जानकारी दिंदै उपप्रधानमन्त्री निधिले भने, 'एमालेसँग वार्ता भइरहेको छ, निकास निस्कनेमा आशावादी छु।'

सरकार स्थानीय निकाय निर्वाचनको अन्तिम तयारीमा रहेको जनाउँदै उनले निर्देशन दिए, 'मिति घोषणा जुनसुकै बेला हुन सक्छ, त्यसैले चुनावको तयारी गर्नुहोस्।'

प्रकाशित: १९ पुस २०७३ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App