१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आदेश स्वागतयोग्य : दलहरू

काठमाडौं- संविधान संशोधन प्रक्रिया रोक्नुनपर्ने भनी सर्वोच्च अदालतले सोमबार दिएको आदेश स्वाभाविक भएको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अदालतको आदेश स्वाभाविक भएको बताए। 'संविधान संशोधन संसद्को अधिकारको कुरा हो,' कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक श्रेष्ठले भने, 'संशोधन प्रस्ताव असंवैधानिक छ भन्नेलाई अदालतले गलत साबित गरिदिएको छ।'

यस्तै मधेसी मोर्चाले सर्वोच्चको आदेश स्वागतयोग्य भएको जनाएको छ। मोर्चाका नेताले सर्वोच्चको फैसला सकारात्मक र स्वागत योग्य भएको टिप्पणी गरेका हुन्। सवोच्चको फैसलाअनुसार संविधान संशोधन विधेयक अघि बढाउनुपर्ने सुझाव उनीहरूले दिएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष  उपेन्द्र यादवले संविधान संशोधन विधेयक प्रक्रिया रोक्न नमिल्ने भनी अदालले गरको फैसला सकारात्मक भएको बताए। 'सर्वोच्चको फैसला सकारात्मक छ। अब दलहरूले फैसलाअनुसार संशोधन विधेयक अघि बढाउनुपर्छ', यादवले भने।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सर्वोच्चको फैसलाले विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त स्वीकार गरेको बताए।

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले सर्वोच्चको निर्णय स्वागतयोग्य भएको बताए।

प्रकाशित: १९ पुस २०७३ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App