१२ असार २०८१ बुधबार
image/svg+xml
कला

बजारमा ‘कुमारी प्रश्नहरू’

काठमाडौं – लेखक दुर्गा कार्कीको कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयले शुक्रबार कालिकास्थानस्थित आरशालामा आयोजना गरेको कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट र अमित ढकालले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

कार्यक्रममा राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएकी थिइन्। ‘महिलालाई महत्वका साथ नहेरिए साहित्य अनुभूति विनाको मरुभूमि बन्नेछ,’ उनले भनिन्।

पत्रकार अमित ढकालले लेखक कार्कीको लेखकीय शैलीमाथि बोलेका थिए। ‘दुर्गाको लेखनीमा विशेष शैली छ। उनले आफ्नो लेखनबाट विभिन्न विषयलाई नयाँ जीवन दिने गरेकी छन्। यसलाई उनले पुस्तकमा समेत प्राथमिकता दिएकी छन्,’ उनले भने।
लेखक कार्कीले लेखाईमार्फत अरुको भावना बुझ्न पाएको बताइन्। ‘पुस्तकमा समावेश भएका कथाहरू लेख्ने क्रममा मैले धेरैको भावना बुझन पाएको थिएँ। यसले मलाई समाजको विविध पक्षलाई केलाउन अवसर दिएको थियो,’ उनले भनिन्।’ पब्लिकेसन नेपालयले बजारमा ल्याएको ‘कुमारी प्रश्नहरू’ पुस्तकको मूल्य ४२५ रुपैयाँ राखिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App