१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मोडेलिङमा जम्दै जाजरकोटका अभि

मोडेल अभि सुनार ।

जाजरकोट- हेन्डसम मोडेल भनेर परिचय बनाउदै गएका जाजरकोटका अभि सुनारलाई मोडेलिङबाटै आफ्नो जन्मस्थल जाजरकोट चिनाउने ठूलो धोको छ। पेसाले स्वास्थ्य सहायक अर्थात एचए पढेर  काठमाडौंको जोरपाटीमा मेडिकल व्यवसाय गरिरहेका अभिले  बढी ध्यान भने कलाकारीता अर्थात मोडेलिङतिर दिइरहेका छन्।

जाजरकोटबाट काठमाडौं आएर एचएको पढाई सकिसकेपछि गत ७ वर्षअघिदेखि मोडेलिङ मार्फत कलाकारीता सुरु गरेका अभि भविष्यमा स्थापित एवम् चर्चित मोडेल तथा अभिनेता हुने कसरतमा छन्। निकै हेन्डसम २४ वर्षिय जाजरकोटी युवा अभि सुनार आफ्नो सपना पूरा गराउन निकै मेहनत गरिरहेका छन्। गायक सुरेन चन्द ठकुरीको चितवनबाट नारायणी तरेपछि भन्ने गीतको म्युजिक भिडिओमा पहिलो पटक मोडेलिङ गरेर आफ्नो कलाकारीता सुरु गरेका अभिले अहिलेसम्म २६ वटा म्युजिक भिडिओहरुमा अभिनय गरिसकेका छन्। उनको पछिल्लो म्युजिक भिडिओ तिमी छौं भर्खरै बजारम आएको छ।

यस म्युजिक भिडिओमा उनले गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको युगल स्वर रहेको गीतमा चर्चित मोडेल दिव्यानी वलीसंग अभिनय गरेका छन्। ७ वर्षे मोडेलयात्रामा निकै चर्चित महिला मोडेलहरु र हिरोइनहरुसंग समेत मोडेलिङ गर्ने अवसर पाएका अभि आफ्नो कला यात्रालाई जीवन भरि निरन्तरता दिने बताउँछन्।

२०६७ सालमा एसएलसी र २०६९ सालमा १२ कक्षा पास गरेपछि खरिदारको तयारी गर्ने सोचले सुर्खेत पुगेका अभि सुनारलाई कलाकार बन्छु भन्ने कुनै कल्पना नै थिएन। आफूलाई यो  स्थानसम्म पुरयाउन लक्ष्मण सुनार, पुर्ण विकल्प सुनार, संगीत सागरले सहयोग गरेको अभिले बताए। कलाकारीतामा निकै दुःख र मेहनत गरिरहेको अभिको भनाइ छ।

जाजरकोट जस्तो दुर्गम जिल्लाको गाउँमा जन्मेको भएपनि आफ्नो जन्मभूमि र बाबाआमाको लागि केहि न केहि राम्रो काम गरेर उनीहरुलाई चिनाउने आफ्नो ठूलो धोको रहेको अभिले ससुनाए। 'सामान्य किसान परिवारको भएपनि म ठूलो योजना लक्ष्यका साथ अघि बढेको छु' उनले भने।  
 

प्रकाशित: १० फाल्गुन २०७६ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App