१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मच्छिन्द्र र थ्री स्टारबीच उपाधि भिडन्त

आर्मी (हरियो) र मछिन्द्रका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दे। तस्बिर : नागरिक

दमक - सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

उपाधिका लागि मच्छिन्द्रले थ्री स्टार क्लबको सामना गर्नेछ। आयोजकलाई हराउँदै थ्री स्टार फाइनल प्रवेश गरेको हो। थ्री स्टार ‘ए’ लिगमा चौथो स्थानमा रहेको थियो। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा शुक्रबार खेल सुरु भएदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो। खेलको २१औँ मिनेटमा विपक्षी गोलकिपर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टोलीलार्ई अग्रता दिलाए। त्यस्तै, खेलको ७४औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बी’ को प्रहार आर्मीका किपरको हातबाट फुस्केपछि  विकास खवासले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो।

खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए। उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे।

यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोलकिपर विवश चौधरीले पन्च गरेर बचाएका थिए। २४औँ मिनेटमा मच्छिन्द्रकै अडेलाजा सोमिडेले आर्मीका चार डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पन्च गरेर बचाए। २६औँ मिनेटमा पिटर सेगुनको प्रहार बारनजिकैबाट बाहिरियो। ३१औँ मिनेटमा विमल घर्तीमगरको प्रहार विफल भयो। त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो।

नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर सूर्य अधिकारीले बचाए। २८औँ मिनेटमा कार्कीकै फ्रिकिक बारको निकै माथि अकासिएको थियो। खेलको ५७औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोलकिपर अधिकारीले पन्च गरेर बचाए। खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए। उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे। सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App