१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साग पदकविजेता सम्मानित

भक्तपुर - साग खेलमा सहभागी भई पदक जित्न सफल खेलाडीहरूलाई शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्त रूपमा ताम्रपत्रसहित सम्मान गरेका हुन्। सागमा पदकविजेता ११ खेलाडी, दुई प्रशिक्षक, एक व्यवस्थापक र ३९ जना निर्णायकलाई सम्मान गरिएको हो।

साग खेलमा दुई स्वणसहित करातेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठलाई सम्मान गरिएको हो। यस्तै, टेबल टेनिसमा रजत विजेता शिवशुन्दर गोठे, ह्यान्डबलकी देवकुमारी बास्कोटा, कबड्डीकी इन्दिरा गिरी, भारोत्तोलनकी लक्ष्मी वन, जुडोकी श्रीराम कामजु, बास्केटबलका विकल जोशी, तेक्वादोका ज्ञानेन्द्र हमाल र खो खो खेलका कांस्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको हो।

सम्मान पाउने प्रशिक्षकहरूमा राधिका देउला र मोहनप्रसाद बासुकला र व्यवस्थापक सुन्दर प्रजापति छन्। यस्तै विभिन्न खेलमा निर्णयकको भूमिका निभाएका ३९ जनाई कार्यक्रममा सम्मान गरिएको थियो। प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले उनीहरूलाई सम्मान गरेका हुन्।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App