१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दस हजार मिटरमा धर्म प्रथम

भक्तपुर - सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिबार १० हजार मिटरको पुरुषतर्फ कीर्तिपुर नगरपालिकाका धर्म महर्जन प्रथम भएका छन्। प्रतियोगितामा चाँगुनारायण नपाका सागर श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सुरेन्द्र ग्वाछा तृतीय हुन सफल भए।

डिस्कस थ्रो पुरुषतर्फ मन्थली नपाका सूर्यबहादुर माझी प्रथम, मन्थली नपाका रामकुमार श्रेष्ठ द्वितीय र चौदन्डी नपा उदयपुरका बबिन मगर तृतीय भए। डिस्कस थ्रो महिलातर्फ मन्थली नपाका पूजा तामाङ प्रथम, भक्तपुर नपाका निषा ब्लोन द्वितीय र भक्तपुर नपाका खुसी जयसवाल तृतीय हुन सफल भए। लङजम्प पुरुषतर्फ भरतपुर मनपाका भुवन महतो प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ द्वितीय र भक्तपुर नपाका रोशन पहरी तृतीय भए। लङजम्प महिलातर्फ ललितपुर मनपाकी काजल विष्ट प्रथम, भक्तपुर नपाकी निशा ब्लोन द्वितीय र चौदन्डी नपाकी ईशा राई तृतीय हुन सफल भए।

यसै गरी, एक हजार मिटर दौडमा महिलातर्फ कीर्तिपुर नपाकी शकुन्तला ठगुन्ना प्रथम, भक्तपुर नपाकी स्वस्तिका कर्माचार्य द्वितीय र ललितपुर महानपाकी निशाा थापा तृतीय भए। चार सय मिटर दौडमा पुरुषतर्फ भक्तपुर नपाका सुरेन्द्र परियार प्रथम, चौतारा नपा साँगाचोक गढी नपाका दर्पण श्रेष्ठ द्वितीय र वागीश्वरी नपाका विक्रम खड्का तृतीय  भए। चार सय मिटर दौड महिलामा ललितपुर मनपाकी रजिना दुलाल प्रथम, भक्तपुर नपाकी श्रेयुष्का शिल्पकार द्वितीय र भक्तपुर नपाकै ऊर्जा मधिकर्मी तृतीय हुन सफल भए।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App