१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसी पारित गर्न अमेरिकी दबाब

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको संसद्बाट पारित गराउन अमेरिकाले कूटनीतिक दबाब बढाएको छ। यसका लागि अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण बाक्लो बनाएका छन्। दुई साताअघि एमसिसीका युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिका हेर्ने सहायक उपाध्यक्ष जोनाथल ब्रुक्स नेपाल आएका थिए। यति बेला फेरि अमेरिकी कंग्रेसको एसिया प्रशान्त क्षेत्र हेर्ने अन्तर्राष्ट्रिय मामला उपसमितिका अध्यक्ष एमी वेरासहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ।

बिहीबारदेखि चार दिनसम्म नेपालमा रहने प्रतिनिधिमण्डलले अमेरिकाको परराष्ट्र नीति र नेपालमा अमेरिकी सहयोगको समीक्षा गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। ‘प्रतिनिधिमण्डलले सरकारी अधिकारी, नागरिक समाजका अगुवा, दूतावासका कर्मचारी र एमसिसीका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नेछ’, दूतावासद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्नुअघि भारत र श्रीलंकाको भ्रमण गरेको थियो। संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दलभित्र मत विभाजन भएको स्थितिमा यो भ्रमण भएको छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App