१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विरपूर्खा र इतिहासलाई सम्मान गरौं : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने बताएका छन्। चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पुर्खाहरुका कामलाई प्रेरणाका रुपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने बताए। दहचोक पुगेर ओलीले एकिकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरेका छन्। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरेका छन्।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए। विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए।

आप,ू पहिलो पटक आउँदा सडक पूरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए। हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए। ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पुनर्निर्माण भएका दुईवटा सतलको समेत उद्घाटन गरेका छन्।

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओली शुक्रबार दहचोकमा भने त्यो विषयमा बोलेनन्। त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गरेकामा शुक्रबार भने त्यो विषयमा पनि बोलेनन्। प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोलेका थिए। अधिकांश समय उनले कालु पाँडेको प्रशंंसा गरेका थिए। भूकम्पपछिको पूनर्निर्माणका विषयमा बोलेका थिए। 

प्रकाशित: ९ फाल्गुन २०७६ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App