जब मन्त्रीले हातमा खैनी थुके (भिडियो)

सोमबार, १८ पुष २०७३, १६ : ०२ नागरिक

काठमाडौं— संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसारी घर्ती कस्सिएपछि आइतबार सदनको बैठक आह्वान गरिएको थियो। 

बैठक सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए। सिधै नेकपा मालेकी सांसद कमला विश्वकर्मालाई बोल्न दिइन् र सभामुखले भनिन्, ‘बसौं माननीय सदस्यहरु।’

उनले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए। आफ्नै दाहिने हातमा थुके। र आफू बस्ने कुर्सीको दाहिनेतिर फ्याँके।

संसदलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले पाँच नम्बर प्रदेशबाट पहाड र तराईलाई अलग पार्ने प्रस्ताव राष्ट्रहित र सुरक्षामा नरहेको बताइन्।

‘सरकारले ल्याएको संशोधन प्रस्तावविरुद्ध पाँच नम्बर प्रदेशका जनता आन्दोलित छन्। केही जिल्लामा म आफैँ पुगेर आएकी छु। बुझेर आएकी छु। यो जनभावनाविरुद्ध रहेको छ’, उनले भनिन्।

करिब ४ मिनेट उनले बोलेपछि फेरि विपक्षी दलका सांसदहरु उठे। सभामुखले भनिन्, ‘बसौं माननीय सदस्यहरु।’

बारम्बार आग्रह गर्दा पनि विपक्षी सांसदहरुले उभिएर संसदमा विरोध कायम राखेपछि सभामुखले केही समय सम्झाइ बुझाइ गरिन्।

सभामुखको उपदेशलाई विपक्षीहरुले 'रोस्पोन्स' नगरिरहँदा एउटा गजब दृश्य देखियो।

मन्त्रीहरुको पंक्तिमा बसेका सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले मुखमा केही राखेको चिज चलाए जस्तो देखियो। त्यो खैनी थियो। उनले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए। आफ्नै दाहिने हातमा थुके। र आफू बस्ने कुर्सीको दाहिनेतिर फ्याँकिदिए।

 

संसदको प्रत्यक्ष प्रसारण हेरिरहेकाहरु मन्त्रीज्यूको हर्कत देखेर छक्क परे। 

भिडियो








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad