१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदर्शनका क्रममा नेवि संघका १० जना घाइते

काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको मागसहित बिहीबार प्रदर्शनीमार्गमा प्रदर्शन गरिहेका नेपाल विद्यार्थी संघ(नेविसंघ)का अध्यक्ष राजीव ढुंगानासहित १० जना घाइते घाइते भएका छन्।

विद्यार्थी नेताले बाँस्टकोटालाई अनुसन्धानको दायरामा ल्याई कारबाहीका लागि दबाब दिन उक्त प्रदर्शनी गरेका थिए। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दै आफूहरुमाथि प्रहरीले लाठी प्रहरी गरेको घाइतेहरुको भनाइ छ। ‘हामीले जायज माग राखेका थियौं, प्रहरीले अचानक हातपात र लाठि प्रहार ग-र्यो,’ अध्यक्ष ढुंगानाले भने। घाइतेको काठमाडौंस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेसले विज्ञप्तिमाफत विरोध गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App