१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाको डोजरमा आगजनी

डोटी- डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राति आगजनी भएको हो।

सायल गाउँपालिकाले सञ्चालन गरेको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राईजेज काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सायल गाउँपालिकाको स्काभेटर सायल गाउँपालिका–१ छपालीमा बाटो सफा गर्ने काममा परिचालित थियो। राखिएको स्थानमै मध्यरातमा आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। आन्टीनेन्टलको डोजर आदर्श गाउँपालिका–३ काँडीस्याउलेमा पार्किङ्ग गरिएको अवस्थामा आगजनी भएको छ।  

आगजनी भएको क्षेत्रमा गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गइरहेको प्रहरी उपरीक्षक दिलिपसिँह देउवालाई बताए। दुई वटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।

प्रतिबन्धित नेकपाले भने आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App