१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

काठमाडौं - चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट आइतबार स्वदेश फर्काइएका नेपाली कसैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। हाल भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएका एक सय ७५ को स्वास्थ्य निरीक्षण भइरहेको छ। उनीहरूको घाँटीको ¥याल परीक्षण गरिएकोमा सबै नेगेटिभ भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरूको पहिलो चरणको नमुना परीक्षण गरिएको हो। दोस्रो चरणको परीक्षण भने १४ दिनपछि गरिनेछ। दोस्रो रिपोर्ट पनि नेगेटिभ आए मात्र उनीहरूलाई क्वारेटनटाइनबाट बाहिर जान दिइनेछ।

पहिलो चरणको रिपोर्टमा सबैमा कोरोना भाइरस नेखिएकोमा सरकार खुसी भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। ‘कोभिड–१९ (नोवल कोरोना भाइरस) जानकारी गराउन पाउँदा नेपाल सरकारका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै खुसी भएको छ,’ उनले भने। मन्त्रालयका अनुसार हालसम्म विभिन्न माध्यममा उपचारका लागि पुगेका दुई सय १० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएकोमा कसैमा पनि यसको संक्रमण भेटिएको छैन। हालसम्म समुदायमा फैलिएको पनि नपाइएको मन्त्रालयको भनाइ छ।

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना जोखिममुक्त घोषणा गरेको विषयमा सञ्चारर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भाइरस कुनै बेला आउने र नआउने कुरा निक्र्योल गर्न नसकिने बताए। ‘आजको दिनसम्म समुदायमा आएको छैन तर जाँच र उपचारको व्यवस्थामा हामी दक्ष छौं,’ उनले भने। साथै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सक्रिय रुपमा बिरामी खोज्ने र उपचार गर्ने प्रक्रियाअनुसार नेपालले व्यवस्थापन गरिरहेको प्रवक्ता श्रेष्ठले प्रतिक्रिया दिए। विश्व स्वास्थ्य संगठनले चीनको हुबेईमा बाहेक अन्य राज्यमा पर्यटनमाथि प्रतिबन्ध नलगाएको मन्त्रालयले जनाएको छ।

खरिपाटी क्वारेनटाइनमा निर्बाध रूपमा भेटघाट भइरहेको भन्ने विषयमा स्पष्ट पार्दै मन्त्रालयले चीनमा छुट्टाछुट्टै छात्रावासमा बसेकालाई छुट्टैछुट्टै ब्लकमा राखिएको र उनीहरूलाई एक ब्लकबाट अर्कोमा जान नपाइने व्यवस्था गरेकाले सुरक्षित रहेको श्रेष्ठले बताए। गत डिसेम्बरदेखि चीनको हुबेई पन्तमा फैलिएको कोभिड–१९ भाइरसको संक्रमणका कारण अहिलेसम्म ७२ हजार संक्रमित भइसकेको छ भने जसमध्ये चीनमा मात्र ६० हजार रहेको जनाइएको छ। संक्रमणबाट १८ सयको मृत्यु भएको र जसमा १७ सय हुबेईका मात्र रहेको बताइएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App