१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मच्छिन्द्र सेमिफाइनलमा

दमक - गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै सानमिगेल मच्छिन्द्र क्लब झापाको सताक्षीधाममा  जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। अब उसले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ। सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता मच्छिन्द्रले गोल्डकपमा सुखद सुरुआत गरेको हो।  

खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिए पनि जित निकाल्न भने सकेन। खेलको १६औँ मिनेटमा गोर्खा ब्वाइजका काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले ओलाकेजीको पासलाई गोलमा परिणत गरेका थिए। मच्छिन्द्रले खेलको २५औँ मिनेटमा खेललाई बराबरीमा फर्कायो। रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गरिदिए। त्यस्तै, खेलको ३३औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। सरोज योन्जनको हातमा बलले छुँदा पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्तीमगरले गोलमा परिणत गरे। खेलमा दुवै टिमले गरेका केही उत्कृष्ट प्रहार खेर गएका थिए।

पहिलो हाफको सुरुवाती सयममा मच्छिन्द्रका विशाल राई ‘ए’ ले गरेको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन। खेलको २१औँ मिनेटमा मच्छिन्द्रका विराज महर्जनको प्रहार गोलकिपर सोजित गुरुङले सहजै बचाएका थिए। २४औँ मिनेटमा गोर्खा ब्वाइजका ओलाकेजीको प्रहार बारनजिकैबाट बाहिरिएको थियो भने ३९औँ मिनेटमा काजिमको प्रहार फितला रह्यो। ७६औँ मिनेटमा गोर्खा ब्वाइजको प्रहारलाई मच्छिन्द्रका विदेशी खेलाडी एडेलाजिया सोमिडेले हेडमार्फत उत्कृष्ट बचाउ गरे। बुधबारको खेलमा मछिन्द्रका विमल घर्तीमगर म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ। सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ। क्वार्टर फाइनलमा आयोजकले मनाङ मर्स्याङदी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App