१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थाइल्यान्ड ओपनका लागि पुनम छनोट

काठमाडौं – थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका विभागीय टोली त्रिभुवन आर्मीकी पुनम रावल छनोट भएकी छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धा अन्तर्गत महिला ६० केजी विधाको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गर्दै थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि स्थान पक्का गरेकी हुन्। नेपाल बक्सिङ संघको आयोजना भएको प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशील थापा मगरले रामेछापका सुवास तामाङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे। अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए। प्रतियोगिताको छनोट खेल बिहीबार सम्पन्न हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App