१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ सेमिफाइनलमा

पर्वत -त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

पर्वतको बेनीस्थित कालीगण्डकीको तिरमा बुधबारबाट सुरु भएको प्रतियोगितामा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरुद्ध दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा आर्मीले समूह ‘ए’ को उपविजेतामा चित्त बुझाएको हो। दुई टोली मात्र सम्मिलित समूह ‘ए’ को रोमाञ्चक खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा स्तब्ध बनायो। १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आर्मीले पहिलो सेट २५–२१ ले आफ्नो बनाउँदै बलियो टोली एपिएफमाथि दबाब सिर्जना ग-यो। आर्मीले लयलाई निरन्तरता दिन नसक्दा दोस्रो सेट भने एपिएफले २५–१७ ले आफ्नो बनाउँदै पुनरागमन ग-यो। तर, तेस्रो सेटमा एपिएफको खराब डिफेन्स प्रदर्शन गरेपछि आर्मीले फाइदा लिँदै पुनः सेटमा २–१ को अग्रता बनायो। तेस्रो सेट आर्मीले २५–१७ ले सहजै आफ्नो बनाउँदा अग्रता लियो।

बिहीबार नै दुवै सेमिफाइनलका खेल सुरु हुनेछन्। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘ए’ को उपविजेता आर्मीले समूह ‘बी’ को विजेतासँग खेल्नेछ।

त्यससँगै जितनजिक पुगेको आर्मीले चौथो सेटमा भने बिर्सनलायक प्रदर्शन ग-यो। एपिएफ चौथो सेटमा २५–९ ले सहजै आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी गर्न सफल भयो। निर्णायक तथा पाँचौं सेटमा आर्मीले राम्रो सुरुआत गरे पनि लय गुमाउँदै एपिएफलाई खेल सुम्पियो। पाँचौं सेटमा आर्मी एक समय ८–६ ले अगाडि थियो। यद्यपि, आर्र्मीले तालमेल गुमाउँदा उक्त सेट एपिएफलाई १५–१० ले सुम्पियो। यस समूहबाट पराजयको बावजुद आर्मी समूह उपविजेतको रूपमा सेमिफाइनलमा पुग्यो। अर्को समूह ‘बी’ मा नेपाल पुलिस क्लब र होङग्वान्जी न्यु डायमन्डले जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाएका छन्। न्यु डायमन्डले पहिलो खेलमा आयोजक रेडियो दिदिबहिनीलाई हराउँदै विजयी सुरुआत गरे पनि दोस्रो खेलमा पुलिससँग हार बेहो-यो। दिनको पहिलो खेलमा न्यु डायमन्डले आयोजक रेडियो दिदिबहिनीमाथि सोझो सेटमा जित निकालेको थियो।

न्यु डायमन्डले आयोजकमाथि २५–३, २५–२ र २५–६ को सहज जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको थियो। तर, पुलिससँगको हारपश्चात न्यु डायमन्डले सेमिफाइनलमा पुग्न बिहीबार हुने पुलिस र आयोजकबीचको अन्तिम लिग खेलको नतिजा कुर्नुपर्ने भएको छ। बिहीबार नै दुवै सेमिफाइनलका खेल सुरु हुनेछन्। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘ए’ को उपविजेता आर्मीले समूह ‘बी’ को विजेतासँग खेल्नेछ। यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए। प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन्।

दोस्रो हुने टोलीले एक लाख र तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार रुपैयाँ नगद पुरस्कार स्थानीय समाजसेवी राजन श्रेष्ठले प्रायोजन गरेका छन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईंले बताइन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App