२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल आज भारतसँग भिड्दै

काठमाडौं- नेपाल र भारतले पहिलोपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा सोमबार प्रतिस्पर्धा गर्दैछन्। साफ फुटबलमा नेपाल र भारतले फाइनलमा मात्र खेलेका थिए। तर भारतमा भैरहेको चौथो साफ च्याम्पियनसिपमा भने नेपालले साबिक विजेता भारतलाई प्रतिद्वन्द्वी पाएको छ।

सोमबारको खेलमा भारत वा नेपाल जुन टोली पराजित भए पनि साफ च्याम्पियनसिप फुटबल फाइनलमा एउटा नयाँ टोलीले स्थान बनाउनेछ। यसअघिका तीन संस्करणमा नेपाल र भारतले फाइनल खेलेेका छन्। ती सबैमा भारत विजयी भएको छ। ६ वर्षअघि बंगलादेशबाट सुरु भएको दक्षिण एसियाली महिला फुटबलमा नेपाल सधैं फाइनलमा निराश बन्दै आएको छ। साफ च्याम्पियनसिप खेल्नुअघि नेपालको मुख्य चुनौती भारतलाई पराजित गर्नु नै हुनेगर्छ। यसपटक पनि नेपालको उपाधि जित्ने लक्ष्यमा भारत नै मुख्य तगारो हो। प्रतियोगिताका लागि ललितपुर, सातदोबाटोमा तयारी गरिरहेका बेला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले भारतलाई हराउनेभन्दा पनि उपाधि जित्ने लक्ष्य लिएर खेल्ने बताएका थिए। त्यसका लागि नेपाली टोली मानसिक रुपमा बलियो हुनु पर्ने थापाले तर्क राखेका थिए। उनले भनेका थिए, 'हामी हरेक पक्षबाट राम्रो फुटबल खेल्न सक्छौं। तर मानसिक रुपमा नेपाली खेलाडी कमजोर छन्। उनीहरूको आत्मविश्वासमा कमी देखिन्छ। फुटबल बलियो मानसिकता लिएर खेल्नु पर्ने खेल हो। हामी खेलाडीको आत्मविश्वास बढाउँदै राम्रो खेल्ने कोसिस गर्नेर्छौं।'

थापाले पहिलो पल्ट राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको हुन। साफ च्याम्पियनसिप फुटबलबाटै पुर्व खेलाडी थापाको प्रशिक्षण करियरको सुरुआत भएको हो। थापा पहिलो अवसरलाई अविश्स्मणीय बनाउने लक्ष्यमा छन। उनले भने, 'मैले खेल करियरमा जति सुकेको छु। त्यसलाई सदुपयोग गर्ने बेला पनि आएको छ।'

पुस ११ देखी भारतमा भएको सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ८–० ले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो। त्यो क्रमलाई नेपालले दोस्रो खेलमा पनि जारी राख्यो। नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले हरायो। लगातार दुई खेल जितेर सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएपछि प्रशिक्षक थापाले श्रीलंका विरुद्वको खेलमा नयाँ खेलाडीलाई अवसर दिएका थिए। र त्यो खेल नेपालले १–० ले जित्यौं। नेपालीकी स्ट्राइकर साबित्रा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्ट्राइकरको रुपमा देखिएकी छिन। उनले दुइ खेलमै ब्यक्तिगत ११ गोल गर्दै अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन। साफ महिला फुबटल इतिहासमा भारतकी नगानगोम बालादेवी पछि सर्वाधिक ब्यक्तिगत गोल गर्ने खेलाडी हुन साबित्रा। बालादेवीले पाकिस्तानमा तीन वर्ष अघि भएको तेस्रो संस्करणमा ब्यक्तिगत १६ गोल गरेकी थिइन।

राष्ट्रिय टोलीका प्रशिक्षक थापाले सोमबार नेपालले समुह चरणमा हासिल गरेको नतिजालाई निरन्तरता दिने लक्ष्य रहेको बताए। उनले भने, 'कसरी राम्रो खेल्न सकिन्छ भन्ने कुरामा हामी बढी केन्द्रित छौं। र म समुह चरणको जस्तै नतिजा चाहन्छु। हामीले आफनो योजना अनुसार सोमबार खेल्नेछौं।'

थापाले नेपालको स्ट्राइकिङ लाइन बलियो पक्ष भएको बताए। भारतलाई हराउन रक्षापंक्ति बलियो हुनु पर्ने तर्क थापाले राखे। उनले थपे, 'बंगलादेशले रक्षात्मक खेल्दै भारतलाई बराबरीमा रोक्न सफल भएको थियो। हाम्रो डिफेन्सले पनि आत्मविश्वासका साथ मैदानमा खेल्नु पर्ने आवश्यकता छ।'

नेपाल समुह 'ए' को विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन। बंगलादेशले भारतलाई गोलरहित बराबरीमा रोकेपछि समुह 'बी' को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। र बंगलादेश पहिलो पल्ट समुह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो। भारत समुह उपविजेता बने नेपालसँग सेमिफाइनलमा खेल्ने पक्का भएको थियो।

यसैगरी सोमबार सिलगढी स्थित कञ्चनजंघा रंगशाला बंगलादेश र माल्दिभ्सले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन। बंगलादेश र माल्दिभ्सले दुबै टोलीले अहिले सम्म फाइनल खेल्न सकेको छैनन्। जित हासिल गर्ने टोलीले पहिलो पटक फाइनल खेल्ने कीर्तिमान बनाउनेछ।

बंगलादेश दुइ पटक साफ च्याम्पियनसिपको सेमिफाइनल सम्म पुगेको छ। तर माल्दिभ्सले भने यसअघि सेमिफाइनलको यात्रा सम्म तय गर्न सकेको थिएन।

प्रकाशित: १८ पुस २०७३ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App