१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'कोभिड–१९ का अधिकांश संक्रमण मध्यम'

बेइजिङ – चीनमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमित धेरैजसो मानिसमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणको जोखिम प्रायः वृद्ध, बिरामी र कमजोर स्वास्थ्य अवस्था भएका मानिसलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन्।

गत वर्ष मध्य चीनको वुहान सहरमा देखा परेकाले कोभिड–१९ को संक्रमण पुष्टि भएका एक हजार नौ सय व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको संक्रमण पुष्टि भएको छ। चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा संक्रमण पुष्टि भएका, आशंका गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार तीन सय १४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो। अधिकांश बिरामीले आफूलाई संक्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भइसकेको भेटिएको जनाएका थिए।

यो डिसेम्बरमा प्रकोप सुरु भएको कोभिड–१९ का बिरामीमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन्। यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सिसिडिसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका बिरामीमा यसको संक्रमण धेरै देखिएको छ। अध्ययनले ८०.९ प्रतिशत संक्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ। संक्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ। यो उमेर समूहका नागरिकको मृत्यु कोभिड–१९ बाट संक्रमित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ।

अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोभिड–१९ को जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीमा पनि जोखिम उच्च देखिएको छ। कोभिड–१९ का कारण मृत्यु हुनेमा नौं वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ। तर, दुई शिशुमा उनीहरूको आमाबाट संक्रमण भएको थियो। त्यस्तै नौंदेखि ३९ वर्ष उमेर समूहका नागरिकमा संक्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ। संक्रमणको जोखिम पाका उमेरका व्यक्तिमा भेटिएको छ। कोभिड–१९ संक्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ। संक्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल बिरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन्। भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ।

संक्रमित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका वासिन्दा रहेको वा वुहान भ्रमण गरेका भेटिएको छ। वुहानको जंगली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ। समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ। रिपोर्टमा कूल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा संक्रमण परिणाम भएको र यसमध्ये एक हजार ७ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो भने मंगलबार वुहानमा रहेको एक  अस्पतालका निर्देशकको मृत्यु भएको छ।

त्थ्यांक अनुसार स्वास्थ्यकर्मीमध्ये एक हजार ६८८ लाई गम्भीर खालको संक्रमण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन्। तर संक्रमित स्वास्थ्यकर्मीको संख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेबु्रअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो। वुहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई कोभिड–१९ बारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिएका कारण’ मृत्यु भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर, उनको संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन्।

रोगको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ। नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ। नयाँ वर्ष मनाउन लाखौं चिनियाँहरू घर फर्केका कारण कोभिड–१९ देशभर फैलिएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App