१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चेतना अभावले सर्वसाधारणमा त्रास, स्वास्थ्य मन्त्री क्वारेन्टाइनस्थलमा

भक्तपुर - चीनमा रहेका नेपालीलाई उद्वार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएपछि यहाँका स्थानीयमा त्रास उत्पन्न भएको छ। चीनबाट नेपालीको उद्व गरेर नेपाल इन (ल्याइए) पनि खरिपाटीएका स्थानीय डरत्रासले आउट (घर छाडेर अनेत्रै) गएका छन्। कोरोना भाइरस क्षेत्रबाट उद्वार गरिएका नेपालीलाई यहाँ पु¥याइएपछि नै घर छोडेका केही स्थानीय मंगलबार साँझसम्म पनि घर फर्केका छैनन्।

क्वारेन्टाइनका लागि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित जग्गामा राखिएका छ। त्यसपछि स्थानीयवासी घरमा ताल्चा लगाएर हिडेका थिए। चीनबाट ल्याइएका नेपाली राखिएको ठाउँ वरपरका पसलहरू मंगलबार साँझसम्म पनि खुलेका छैनन्। त्यस वरपर रहेका आधा पसल बन्द रहेको छन्। चीनबाट उद्वार गरेर ल्याइएका एक सय ७५ नेपालीलाई आइतबारदेखि खरिपाटी क्वारेन्टाइनमा राख्न थालिएको थियो।

मानवबस्तीका बीचमा रहेको खरिपाटीलाई क्वारेन्टाइन नबनाउन माग गर्दै आएका स्थानीयमा अझैंसम्म पनि जनचेतनाको अभावले त्रासमा रहेको पाइएको छ। सोही कारणले पनि यहाँ सधैं चहलपहल हुने ठाउँमा पनि सुनसान रहेको छ। भक्तपुरबाट नगरकोट पुग्ने सडकमा पर्ने यो ठाउँमा नगरकोटबाट भक्तपुर आउने सवारीसाधन भने सञ्चालन भइरहेका छन्।

मनमा त्रसारसँगै केही स्थानीय यही बस्दै आएका छन्। मरे पनि बाँचे पनि आफ्नै घरमा बस्नुपर्ने बाध्यता रहेको यहाँकी कृष्णमाया थापाले बताइन्। पहिले जस्तो सहज रूपमा भने बस्ने वातावरण नभएको उनको भनाइ छ। स्थानीय चीनबाट उद्वार गरिएका नेपालीलाई यहाँ नराख्ने आन्दोलन गरेका थिए तर सरोकारवालाले यो क्षेत्रमा अस्पताल बनाइदिने मौखिक सहमति गरेपछि क्वारेन्टाइन निर्माण गरिएको थियो।

क्वारेन्टाइनमा नेपाली विद्यार्थी राख्न थालेसँगै आइतबार बिहानदेखि भने क्वारेन्टानइ प्रवेश गर्ने मुख्य प्रवेशद्धारसँगै हेल्पडेक्स राखेर कोरोना भाइरसका बारेमा जानकारी गराउँदै आइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटीलगायतको संयुक्त प्रयासमा हेल्प डेक्स सञ्चालन गरिएको रेडक्रस भक्तपुरका मछिन्द्र थापाले बताए। कोरोना भाइरसबाट सुरक्षित हुने उपाया, रोक फैलनसक्ने अवस्थालगायतका विषयमा जानकारी दिँदै आइएको उनले बताए।

स्वास्थ्य मन्त्री क्वारेन्टाइनस्थलमा

भक्तपुर, फागुन ६ (नागरिक)– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझेका छन्। भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ अवस्थाको जानकारी लिन मन्त्री ढकालसहितका यहाँ पुगेको थियो।

मन्त्रीसँगै गएका नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डा. नविन फुँयालले क्वारेन्टाइनमा रहेका एक सय ७५ जना पूर्णरूपमा स्वस्थ्य रहेको जानकारी दिए। निगरानीमा रहेकालाई २४ घण्टामा दुई पटक साँझ बिहान शरीरको तापक्रम लिने व्यवस्था गरिएको उनले बताए। खरिपाटी पुगेका मन्त्री ढकालले चीनबाट नेपालीलाई फर्काउनुअघि सरकारप्रतिको अविश्वासलाई अन्त्य गर्न सफल भएको दावी गरे।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App