१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानलाई क्षतिपूर्ति र प्रहरीलाई कारबाही माग

किसानलाई क्षतिपुर्ति र प्रहरीलाई कारबाही माग गर्दे किसान प्रतिनिधि। तस्बिर : नागरिक

बारा - किसानले वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपूर्ति र सशस्त्र प्रहरी बल, राजस्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई कारबाही माग गरेका छन्।

खत्रीका कारण किसानले उत्पादन गरेको आलु वीरगन्ज भन्सारले लिलामी गरेको र लोड गरिएका ट्याक्टरसमेत छुटाउन समस्या भएको बताए। किसानले मंगलबार कलैयामा पत्रकार सम्मेलन गरी क्षर्तिपूर्तिका साथै खत्रीलाई कारबाही गर्न माग गरेका हुन्। खत्री नेतृत्वको टोलीले मागे जति घुस रकम नदिएको निहुँमा किसानले उत्पादन गरेको आलु बिक्री गर्न लैजाँदा नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएकाबारे छानबिन गर्न माग गरेका छन्। किसानले उत्पादन गरेको आलु बिक्री गर्न सदरमुकाम कलैयातर्फ ल्याउँदै गर्दा शसस्त्रको टोलीले ट्याक्टरसहित नियन्त्रणमा लिएको थियो।

पूर्वजिल्ला विकास सभापतिका सभापतिसमेत रहेका किसान छठुप्रसाद यादवले छोराछोरीलाई पढाउन र घर खर्च धान्न किसानले तीन महिनासम्म पसिना बगाएर उत्पादन गरेको आलु नोक्सानी खत्रीबाट असुली गराउनु पर्ने माग गरे। खत्रीको कारण मल, बिउ र खेत जोताइमा लगानीसमेत डुब्ने भएकाले किसान आर्थिक मारमा पर्ने अवस्था आएकाले खत्रीलाई कारबाही र किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आन्दोलन गर्न बाध्य बनाइएको यादवले पत्रकार सम्मेलनमा जानकारी दिए।

आर्थिक लाभको लागि किसान माथि अन्यया गरिएको र त्यसको छान बिन गरि दोषीलाई कारवाही गर्न , किसानहरुको आलु फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मार्फत संघिय सरकार सम्क्ष माँग गरिए पनि कुनै सुनवाई नभएको पत्रकार सम्मेलनमा राजपा नेपालका महामन्त्री समेत रहेका किसान अगुवा जितेन्द्र सिँहले बताए। भन्सारको जिम्मा लगाइएको आलु किसानहरुको खेतबाट उत्पाद गरिएको थाहा हुँदा हुँदै समेत आन्दोलनको बिचमै वीरगन्ज भन्सार कार्यालयले लिलामी गर्नु कार्यले समेत किसानहरुलाई मार्ने कार्य भएको सिँहले पत्रकार सम्मेलनमा बताए।

ना ४ त २५४, ना ५ त ८०८६, ना ६ त ६३४९ र ना ५ त ९४ २८ गरि चारवटा ट्याक्टरमा गरेर लगभग पाँच सय बोरा आलु तीन सय क्विन्टर रहेको र त्यसबाट किसानहरुलाई सात लाख जतिको प्रत्यक्ष क्षती पुगेका पत्रकार सम्मेलनमा बताइएको छ। पत्रकार सम्मेलनमा प्रभु पटेल, नेपाली काँग्रेसका किशोरी यादव, राजपका महामन्त्री जितेन्द्र सिँह, रामकिशोर यादव, श्याम गुप्ता लगाएतकाको सहभागिता रहेको थियो। पचरौता नगरपालिका र आदर्श कोत्वाल गाउँपालिकाका किसानहरुले खेतमा उत्पादन गरेका आलु बिक्री गर्न पाँचवटा टेलरमा लोड गरि कलैया तर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर खत्री नेतृत्वको टोलीले त्यसलाई नियन्त्रणमा लिएरवीरगन्ज भन्सारमा शुक्रबार बुझाए थियो।

वीरगन्ज भन्सारमा टयाक्टर सहित आलु  बुझाएको बिरोधमा किसानहरुले कलैयामा आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरि प्रदर्शन समेत गरेका थिए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App