१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधानी महायज्ञले पर्यटन प्रवर्द्धन गर्ने

रौतहट - राष्ट्रपति विद्यादेवी भन्डारीले मधानी महायज्ञले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताएकी छिन्। रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटनका क्रममा राष्ट्रपति भन्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

तराई मधेसमा तिलक, दहेज तथा बोक्सी प्रथाजस्ता केही अन्धविश्वास अझै पनि कायम रहेकाले हटाउनुपर्ने बताउँदै उनले पर्यटनका पूर्वाधारहरूको आवश्यकता रहेको बताइन्। हरेक वर्ष बाढीले तराई मधेसमा ठुलो क्षति पु¥याउने गरेकोमा आफूलाई गहिरो दुःख लागेको बताउँदै उनले भनिन्, ‘देशको बढ्दो व्यापार घाटालाई प्रदेश २ ले कम गर्न ठूलो योगदान दिनसक्छ।’ यसैबीच राष्ट्रपति भन्डारीले पतौराको पुरातात्विक महादेवको दर्शन तथा पूजासमेत गरेकी थिइन्। काठमाडौंस्थित पशुपतिनाथका मूल भट्टद्वारा पुरातात्विक महादेवको विशेष पूजा तथा दर्शन गरेपछि राष्ट्रपति भन्डारीले मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक झाँकीको पनि राष्ट्रपति भन्डारीले अवलोकन गरेकी थिइन्।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साम्प्रदायिक सहिष्णुतालाई मधानी महायज्ञले बलियो बनाउने विश्वास व्यक्त गरे। प्रदेश सरकारले महिला र दलित सशक्तीकरणको क्षेत्रमा निकै बलियो कदम चालेको उल्लेख गर्दै उनले महिला सशक्तीकरणले समाजको रूपान्तरण गर्ने विश्वास व्यक्त गरे। छोरीलाई शिक्षित बनाउन आवश्क रहेको बताउँदै उनले आगामी दिनमा हरेक छोरी जन्मिँदै लखपति हुने स्पष्ट पारे। प्रदेश सरकारले देशमै पहिलोचोटि दलित ऐन ल्याएको पनि उनले जानकारी दिए।

त्यस्तै संस्कृतिविद् सञ्जय मित्रले रौतहट र बारामा मात्र मनाइने विशेष संस्कृति मधानी भएको स्पष्ट पारे। संस्कृतिविद् मित्रले मधानी बिनाकुनै पण्डित कामरनाथुहरूले नाचगान गर्दै विभिन्न किसिमले शिवको झाँकी प्रस्तुत गर्ने यज्ञ भएको बताए। मुख्य गरी रौतहट र बारामा मात्र यो संस्कृति प्रचलनमा रहेकाले स्थानीय संस्कृतिलाई महŒव दिई मधानी महायज्ञ गर्नु र राष्ट्रपतिको समेत उपस्थिति हुनुले दुई जिल्लाको स्थानीय संस्कृतिको विश्वव्यापीकरण हुनेमा संस्कृतिविद् मित्रले विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी, स्मिता दाहाल, भारतीय भोजपुरी कलाकार दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवे, विजय यादव निर्बिज, सन्तोष राजलगायतको पनि सहभागिता रहेको थियो।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App