१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारी छाप किर्ते गर्ने गिरोह सार्वजनिक

सरकारी छाप दस्तखत किर्ते आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर: उपेन्द्र/नागरिक

बारा - सरकारी छाप तथा दस्तखत किर्ते गरी विभिन्न व्यक्ति र सरकारी जग्गाको जग्गाधनी पुर्जा बनाएर किनबेच गरेको अभियोगमा सात जनालाई पक्राउ सरकारी छाप किर्ते अभियोगमा इलाका प्रहरी कार्यालय सिमरामा सार्वजनिक गरिएकाहरूमा पर्सा, वीरगन्ज महानगरपालिका–१८ का बलराम रौनियार, बहुदरमाई नगरपालिका–३ का सलिम मियाँ, २ का सुनिलकुमार यादव, बारा महागढीमाई नगरपालिका–८ का वोहाव अन्सारी, कलैया उपमहागनगरपालिका–६ का प्रल्हादप्रसाद रेग्मी, कैलाली, गोदावरी नगरपालिका–११ का चन्द्रबहादुर सिंह र दाङ, घोराही उपमहानगरपालिका–१८ का हस्तबहादुर नेपाली रहेका छन्। बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सार्वजनिक गरिएका सातै जना सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्ति र सरकारी जग्गाको पुर्जा बनाउने कार्यमा संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

पक्राउ परेका बलराम रौनियार, सलिम मियाँ र सुनिलकुमार यादव गरी तीनै जना जितपुर–सिमरा उपमहानागरपालिका–२ का ज्ञानेश्वरी थपलियाको नाउँमा रहेको कित्ता नम्बर ११३० को १० धुर जग्गा बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए। प्रहरीका अनुसार थपलियाको नामको जग्गालाई सुनिल यादवले सरकारी छाप तथा दस्तखत किर्ते गरी आफ्नो नाममा पारी तेस्रो व्यक्तिलाई बिक्री गर्न लागेका थिए।

त्यसैगरी, साविक रामपुर टोकनी–२ हाल जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा रहेको साविक कित्ता नम्बर ६१ (क) को हाल कित्ता नम्बर ३६२ को एक बिघा १० कठ्ठा क्षेत्रफलको सार्वजनिक जग्गालाई वोहाव अन्सारी, प्रल्हादप्रसाद रेग्मी, चन्द्रबहादुर सिंह र हस्तबहादुर नेपालीले सर्वोच्च अदालतको सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा जग्गाधनी पुर्जा बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुरीले बताए।

२०७४ मंसिर २८ गतेको सम्मानित सर्वोच्च अदालतको आदेशलाई तोडमोड गरी प्रधुम्नराज पाण्डेको नाममा सो सार्वजनिक जग्गाको मोठ श्रेस्ता कायम गर्न चारै जनाले सर्वोच्च अदालतको लेटर–प्याड बनाई किर्ते गरेको अनुसन्धानबाट खुलेको पुरीले दाबी गरे। सर्वोच्च अदालतले अधिकृत वारेसनामा रहेका वोहावको नामबाट मालपोत कार्यालय सिमरा बारालाई २०७६ मंसिर ३ गते सार्वजनिक जग्गाको मठ, श्रेस्ता कायम गर्न लेटर–प्याडमा चिठ्ठी पठाएको पत्रकार सम्मेलनमा उपरीक्षक पंगेनीले बताए।

सर्वोच्चबाट मालपोत कार्यालय सिमरामा आएको भनिएको पत्र शंकास्पद देखिएकाले अनुसन्धान गर्दा सर्वोच्चकै सरकारी छाप दस्तखत किर्ते गरेको देखिएकाले चारै जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ। सरकारी छाप किर्ते गर्ने काममा पक्राउ परेका सात जनामात्र होइन, ठुलो समूहकै संलग्नता रहेको हुनसक्नेतर्फ प्रहरी अनुन्धान केन्द्रित गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App