१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तराई मुक्ति मोर्चाका 'सैन्य कमाण्डर' पटेल पक्राउ, प्रहरीको जवाफी कारबाहीमा घाइते

रौतहट -  सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ।  कर्तव्य ज्यान लगायत दर्जनौं अपराधमा संलग्न मौलापुर–८, सोनरनिया घर ४० वर्षीय कुर्मीलाई गएराति चन्द्रपुर नगरपालिका ४ स्थित पटेल धन्सार–जंगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले पटेलको पिछा गर्दै आएको थियो ।

हाइबेबाट करिब २ सय मिटरभित्र जंगलमा गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ गरेर उनलाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली समेत बरामद गरिएको खड्काले बताए। जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी प्रमुख एसपी रविराज खड्काकाअनुसार उनको बाँया खुट्टामा दुई गोली लागेको छ।

प्रहरीको गोली लागेर घाइते भएका कुर्मीको चन्द्रनिगापुर अस्पतालमा उपचार भैरहेको एसपी खड्काले बताए। जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी खड्काले जानकारी दिए ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App