१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भोलिदेखि अन्तरनगर एथ्लेटिक्स

भक्तपुर - भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि  हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख एवं प्रतियोगिता मूल समितिका संयोजक सुनील प्रजापतिले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाए।

प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प हुने जनाइयो। ट्य्राक इभेन्ट्सअन्तर्गत एक सय, दुई सय, चार सय, आठ सय एक हजार पाँंच सय पाँंच हजार १० हजार मिटरमा दौड हुने हुने सम्मेलनमा जनाइयो। यस्तै ४२.१९५ कि.मी (म्याराथुन), २१.०९ कि.मी (हाफ म्याराथुन) आदि पनि हुने जनाइयो। फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई पाँंच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार, ट्य्राकतर्फ प्रथम हुनेलाई पाँंच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ।

म्याराथनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार तथा हाफ म्याराथुनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने आयोजकले जानकारी दिए। अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको अनुमानित लागत ३० लाख रहेको जनाइएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App