१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विमल र निमा सर्वोत्कृष्ट खेलाडी

वर्षका उत्कृष्ट खेलाडी सामुहिक तस्बिर खिचाउदै । तस्बिर : सुमन चापागाई / नागरिक

काठमाडौं – प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्डमा मंगलबार सर्वोत्कृष्ट खेलाडी चयन भएका छन्।

एनएनआइपिएले १४औं संस्करणको अवार्ड कार्यक्रममा विमललाई पुरुषतर्फ र  निमालाई महिलातर्फ वर्षखेलाडी घोषणा गर्दै नगद एक/एक लाख रुपैयाँ प्रदान गरेको हो। यस्तै प्रतिभावान् युवा खेलाडीको अवार्ड भलिबलकी सरस्वती चौधरी र एथलेटिक्सका अजितकुमार यादवले प्राप्त गरे। प्रतिभावान् युवा खेलाडीले जनही ५०/५० हजार रुपैयाँ हात पारे। आयोजक एनएनआइपिएले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको १८औं एसियन गेम्समा गरेको प्रदर्शनका आधारमा विभिन्न २८ खेलका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो।

यसै गरी एनएनआइपिएले गजराज जोशी आदर्श खेलव्यक्तित्व अवार्ड बक्सिङका पूर्वप्रशिक्षक मदन गुरुङलाई प्रदान गरेको छ। गुरुङ ३५ हजार रुपैयाँबाट पुरस्कृत भए भने गायक योगेश्वर अमात्यले ३५ हजार सहयोग गर्ने घोषणा गरे। यस्तै एनएनआइपिएले वर्षभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २८ विधाका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको छ। उनीहरू सबैले नगदा १०/१० हजार रुपैयाँ प्राप्त गरे। यस्तै पारा एथ्लेट अफ दी इयर महिमा कोइरालाले प्राप्त गरिन्।

यस्तै एनएनआइपिएले दी काठमान्डु पोस्टका खेलपत्रकार प्रज्वल ओलीलाई विशेष सम्मान गर्दा गोरखापत्रका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्‍यो। 

प्रकाशित: ७ फाल्गुन २०७६ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App