१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

समृद्धि अन्तिम चारमा

काठमाडौं – समृद्धि आइआइएमएस सोमबार पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० को स्कोरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। खेलमा समृद्धिका समित गुरुङले सर्वाधिक ३१ स्कोर गरे। नेपाल बास्केटबल संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबारै भएका अन्य खेलमा न्यु जेनिथ, ह्वाइट हाउस र जेभियर इन्टरनेसनल पनि आआफ्नो खेल जित्दै अन्तिम चारमा प्रवेश गरे।

सेमिफाइलनमा स्थान बनाउने क्रममा न्यु जेनिथले एलआरआईलाई ७३–४५ को स्कोरले स्तब्ध बनायो। खेलमा न्यु जेनिथका सिजन महतले सर्वाधिक २१ स्कोर गरे। यस्तै अर्को खेलमा ह्वाइट हाउसले ज्ञान निकेतनमाथि ८६–७९ को रोमाञ्चक जित निकाल्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ज्ञान निकेतनका सुरज खत्रीले सबैभन्दा बढी ३१ स्कोर गरे। सोमबारकै अन्तिम क्वार्टरफाइनलमा जेभियरले टाइम्सलाई ६६–६० स्कोर स्तब्ध बनायो। जेभियरका लागि सविनकुमार कार्कीले सर्वाधिक १५ स्कोर गरे।

यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि जेभियरले समृद्धिसँग र ह्वाइट हाउसले न्यु जेनिथविरुद्ध खेल्नेछन्।

प्रकाशित: ६ फाल्गुन २०७६ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App