१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो प्राथमिकतामा थियो र रहिरहनेछ’

काठमाडौं - अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कारागारबाट रिहा भएपछि सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन्।

महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।’

उनले डिल्लीबजार कारागारका सम्पूर्ण बन्दीहरुलाई आभारसहित धन्यवाद  दिएका छन्। देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकता रहेको स्मरण गर्दै आगामी दिनमा पनि रहने उल्लेख गरेका छन्। विज्ञपित्मा अगाडि भनिएको छ, ‘देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’

यस्तो छ महराले जारी गरेको विज्ञप्ति


                        

प्रकाशित: ५ फाल्गुन २०७६ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App