१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो'

भक्तपुर - चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’’ बितेको बताएका छन्। चीनमा रहँंदा मानसिक त्रासले रातभरि सुत्न नपाएका आफूहरुको आइतबारको नेपालको पहिलो रात बेलुकी सुतेकोमा सिधै बिहान मात्रै ब्यूँझिएकोे बताए।

चीनमा रहँंदा कोरोना भाइरसबाट ‘यता यति मर्यो, उता उति म-याे’ भन्ने समाचारमै ध्यान तानिएर रात बित्थ्यो। तर नेपालमा पुगेपछि भने त्यो सोच नै हटेर आनन्दले सुत्न पाएको उनीहरुले बताए। उनीहरुले चीनमा सुत्दा चाहेर पनि सुत्नै नसकिने भएको तर नेपालमा कुनै डरत्रास नभएकाले आनन्दका साथ निन्द्रा परेको अनुभव सुनाए।

क्वारेन्टाइनमा रहेका दिगम्वर खोटेजाले आफनो मात्रै नभई क्वारेन्टाइनमा रहेका सबै नेपालीको नेपालको आइतबारको पहिलो निन्द्रा एकराते भएको बताएको जनाए। ‘सबैैजना आरामले सुतेको बताएका छन्, उनले नागरिकसँंग भने, ‘यहाँं  (नेपाल) पुगेपछिको अनुभव नै अर्काे महशुस भएकाले सबैैलाई आनन्दका साथ निन्द्रा लागेको बताए।’

चीनमा रहँंदा सुत्न खोज्दा पनि सुत्न नसकेको, एकछिन निन्द्रा लागे पनि तुरुन्त व्यूँझने अनि व्यूँझिने वितिकै मोबाइलबाट समाचार हेर्न मन लाग्ने उनले सुनाए। कोरोना भाइरसका कारण कता कति मरे भनेर समाचार हेरेर चीनमा रात वित्ने गरेको स्मरण उनले गरे। यसबाट थप मानसिक चिन्ता हुने र निन्द्रा नै नपर्ने गरेको उनले सम्झे। उनले नेपाल पुगेपछिको मानसिकता नै परिवर्तन भएर सुरक्षित भएको महशुश भएको अनुभव साटे। यही कारण सबैैलाई निन्द्रा परेको बताएको उनले बताए।

‘नेपाल पुगेपछि यति ढुक्क भइयो कि मर्नुपरे पनि आफनै देशमा मर्न पाइयोसम्म पनि भनियो भन्ने साथीहरुको कुरा भयो, उनले थपे, उता मरेको भए लाश पनि कहाँं पुग्ने? के हुुने ? त्यो अवस्थामा परिवारका के विच्चली कस्तो होला भन्ने चिन्ताले सताइरहेको साथीहरु भन्थे।’ यही कारण दुई हप्ता बढी दिनपछि आइतबार नेपालको निन्द्रा अविष्मरणीय निन्द्रा भएको उनले सुनाए।

झण्डै दुई हप्ताको प्रशासनिक प्रयासपछि नेपाल सरकारले नेपालीहरुलाई आइतबार एकैसाथ नेपाल फर्काउन सफल भएको थियो। चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको केही दिनपछिबाट नै नेपाल सरकारले आफना नागरिकलाई नेपाल फर्काउने प्रशाशनिक प्रयास सुरु गरेको थियो। दुई हप्ताको प्रयासपछि आइतबार कोरोना भाइरसले सबैैभन्दा बढी संक्रमित चीनको हुवे प्रान्तको वुहानलगायतका ठाउँंहरुबाट नेपालीहरुलाई एकैसाथ नेपाल फर्काउन नेपाल सरकार सफल भएको थियो।

फर्काइएका सवैजना नेपाली अहिले भक्तपुरको नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा क्वारेन्टाइनमा छन्। चीनबाट उद्धार गरी फर्काइएका एक सय ७५ नै जना नेपालीहरु त्यहाँं क्वारेन्टाइनमा छन्। न्यूनतम १४ दिनको क्वारेन्टाइन बसाईपछि उनीहरु स्वस्थ्य भएर आआफनो घर फर्कन पाउनेछन्।

प्रकाशित: ५ फाल्गुन २०७६ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App