१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा बरामद भयो पार्टी ड्रग एक्स्टासी

काठमाडौं– प्रहरीले पार्टी र मनोरञ्जन तथा उत्तेजनाका लागि प्रयोग हुने महँगो एक्स्टासी ई(एमडीएमए) ठूलो परिमाणमा बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले दुईसय पचास ट्याब्लेट एक्स्टासी सहित जोर्डर्नी नागरिकलाई पक्रेको हो।

वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार दुई साता अघि काठमाडौं आएका जोर्डनका नागरिक पासपोर्ट नम्वर ३००६८१ भएका २९ वर्षीय नोर अल्बेन महमद हमास पक्राउ परेका हुन। ठमेलमा रहेको होटल न्यू होराईजनमा बस्दै आएका हमासले अग्रेजी नयाँ वर्षका लागि उक्त लागुऔषध नेपाल भित्राएका हुन। नेपाली भन्दा विदेशी प्रयोगकर्ताको रोजाईमा पर्ने एक्स्टासी पार्टी ड्रगका रुपमा प्रख्यात छ।

‘पक्राउ परेका आरोपीसँग सोधपुछ र प्रारम्भीक अनुसन्धान भै रहेको छ, कुनै ड्रग पार्टीका लागि भित्राएको हुनसक्ने आशंका गरेका छौ, अनुसन्धान हुदैछ,’ डिएसपी राठौरले भने।

अन्तर्राष्ट्रिय बजारमा प्रति ट्याब्लेट ५० अमेरिकी डलरसम्म पर्ने उक्त लागु औषध नेपालमा बिरलै फेला पर्दै आएको छ। बरामद लागुऔषधको अन्तर्राष्ट्रिय बजार मुल्य १२ लाख भन्दा बढि रहेको छ।

प्रकाशित: १७ पुस २०७३ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App