१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

बेइजिङ– चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो। उनीहरूले कोरोनाको संक्रमण थप दुई हजार नौं जनामा देखिएको जनाएका छन्। संक्रमितहरू चीनका ३१ प्रान्तका रहेका छन्।

थप मृत्यु भएकामध्ये एक सय ३९ जना हुवेई प्रान्तका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना छन्। चिनियाँ स्वास्थ्य आयोगका अधिकारीले शनिबार मात्रै थप एक हजार ९ सय १८ जना नयाँ बिरामी फेला परेको आशंका गरिएको छ। संक्रमितमध्ये दुई सय १९ जना शनिबार थप गम्भीर बिरामी भएका छन् भने १ हजार तीन सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन्।
कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ६५ हजार पाँच सय पुगेको अधिकारीले जानकारी दिएका छन्।  

उनीहरुले ११ हजार दुई सय ७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन्। त्यसैगरी आठ हजार दुई सय २८ जनामा आशंका गरिएको छ। संक्रमित भएर उपचार गराइएकामध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन्। आयोगले ५ लाख २९ हजार ४ सय १८ बिरामी नियमित सम्पर्कमा रहेको जनाएको छ। कोभिड–१९ को संक्रमण सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट देखिएको हो। यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App