१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी एकतापछि विश्वकै कम्युनिष्ट आन्दोलन बलियो : प्रचण्ड

प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : नागरिक

नेपालगन्ज- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतापछि विश्वकै कम्युनिष्ट आन्दोलन बलियो भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश पाँचले आइतबार कोहलपुरमा आयोजना गरेको प्रशिक्षणको उद्घाटन गर्दै उनले पार्टी एकताले विश्वभरीका कम्युनिष्टलाई महत्वपूर्ण सन्देश दिएको बताए।

‘पार्टी एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएको छ,’ उनले भने ‘विश्व भरीका कम्युनिष्टहरुलाई पार्टी एकताले महत्वपूर्ण सन्देश पनि दियो।’ जनताको सुन्दर भविष्य, देशको समृद्धि र समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पार्टी एकता गरिएको अध्यक्ष दाहालको भनाई छ।

उनले प्रदेश पाँच विविधताले भरिएको दाबी गरे। हिमाल, पहाड र तराईलाई प्रदेश पाँचले जोडेको भन्दै प्रदेशभित्र रहेको विभिन्न धर्म, सँस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिए। उनले पार्टी एकताको सबै भन्दा बढी काम पनि प्रदेश पाँचमै भएको जिकिर गरे। अध्यक्ष दाहालले पार्टीका नेता तथा जनप्रतिनिधिले जनताको भावनालाई आत्मासाथ गरी आफ्ना कार्ययोजना सम्पन्न गर्न निर्देशन समेत दिए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)ले पार्टी एकताले कार्यकर्ताहरुमा नयाँ जोश र जाँगर थपिएको बताए। नेपाली क्रान्तिको रक्षा गर्न पार्टीका नेता तथा कार्यकर्तामा सकारात्मक सोचको विकास हुन आवश्यक रहेकोमा जोड दिए।

नेकपाका महासचिव विष्णु पौडेलले पार्टी र जनताको भावनात्मक सम्बन्ध बनाउनका लागि सातै प्रदेशमा कार्यक्रमको आयोजना गर्न लागिएको बताए। प्रशिक्षणमा प्रदेश पाँचका १२ वटै जिल्लाका नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रदेश पाँचले जनाएको छ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७६ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App