१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'सरकारले सहज समयको सदुपयोग गर्न सकेन'

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका दुई वर्षको समीक्षा गरेको छ। कांग्रेसको बुझाइमा सरकारले सहज समयको सदुपयोग गर्न सकेन। 'सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्दथ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो', कांग्रेसले भनेको छ।
सरकारले दुई वर्षमा तुईन विस्थापन समेत गर्न नसकेको कांग्रेसको बुझाइ छ। 'कृषि, सडक, विद्युत, प्रविधिदेखि गरिबी परिचयपत्र वितरण सम्मका २ वर्षे लक्ष्यले परिणाम हासिल गर्ने सकेनन्', सरकारको समीक्षा गर्दै कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले भने, 'सरकारको कामको समीक्षा चुनाव मैदानमा वितरित घोषणापत्र र त्यसमा उल्लेखित दुई वर्षे लक्ष्य र कार्यक्रमको जगमा सञ्चार माध्यमहरुसँगै सिंगो देशले गरिरहेकै स्थिति छ। प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेस हिजोको घोषणापत्रको आलोकमा आफ्नो कर्मको अनुहार हेर्न सम्माननीय प्रधानमन्त्री एवं उहाँको सरकारलाई अपिल गर्दछ।'
नेपाली कांग्रेसले यो दुई वर्षको अवधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको कांग्रेसको बुझाई छ।




 

प्रकाशित: ४ फाल्गुन २०७६ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App